यसरी भयो ५ अर्ब रूपैयाँ लुट्ने योजना विफल


चिनियाँ लुटेराको समूहले नेपाली बैंकको एटीएम ह्याक गरेर करिब दुई करोड रुपैयाँ लुटेको एक महिना बित्न नपाउँदै पुनः उस्तै प्रकृतिको घटना दोहोरिएको छ । ह्याकरको समूहले कृषि विकास बैंकको करिब डेढ करोड रूपैयाँ गायब पार्दा पाँच अर्ब लुट्ने योजना बनाएको खुलेको छ ।

बैंकको लहान शाखाबाट केन्द्रीय कार्यालयमा ट्रान्सफर गरेर ह्याकरहरुले सो रकम गायब पारेका थिए । यो प्रकरणबारे जानकारी दिन आज दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सो समूहले ५ अर्ब रूपैयाँ रूपैयाँ लुट्ने योजना बनाएको जनाएको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा आयोजित पत्रकार सम्मेलनमा महाशाखा प्रमुख, एसएसपी सहकुल थापाले अहिलेसम्म यो प्रकरणमा संलग्न १२ जनालाई पक्राउ गरिएको र उनीहरुले बैंकिङ प्रणाली ह्याक गरेर लुटेको ६० लाख रुपैंया बरामद गरिसकेको जानकारी दिए । “उनीहरुको योजना ५ अर्ब लुट्ने रहेछ”, उनले भने ।

बैंकिङ प्रणालीबाट लुटिएको रकम ११ जनाको खातामा ट्रान्सफर भएको भेटिएको छ । एसएसपी थापाले बैंककै कर्मचारीको यूजर नेम समेत ह्याकिङमा प्रयोग भएको भेटिएको बताए ।

नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास, कैलाश विकास र नवील बैंकका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ

केही व्यक्तिलाई पैसा निकाल्दा निकाल्दै पक्राउ गरिएकाले उनीहरुको ५ अर्ब लुट्ने योजना विफल भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस  
वामदेव गौतमको एमाले अध्यक्ष ओलीलाई गरे यस्तो प्रस्ताव

काठमाडौं – नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली समक्ष वाम

एमालेका अध्यक्ष ओलीलाई भेट्न अब पार्टी केन्द्रीय कार्यलयमा जानुपर्ने

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यकर्तासँगको भेटघाट अब पार्टी केन्द्रीय कार्यलयबाट हुने भएको

अदालतले पक्राउ पुर्जी जारी गरेपछी काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनले यस्तो लेखे स्टाटस

  काठमाण्डौ ,असार १५ काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध

जनतालाई धोखा दिएर एमसीसी पास गर्ने प्रधानमन्त्री देउवा र प्रचण्डले नै नेपाललाई एसपीपीमा लैजान खोजे : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले मुलुकलाई स्टेट पार्टनरसीप प्रोग्राम

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई