अमेरिकी राष्ट्रपति ट्रम्प र परराष्ट्रमन्त्री ज्ञवालीबीच भेटबार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबीच भेटघाट भएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँकी धर्मपत्नी मेलिना ट्रम्पका साथ भेट भएको हो ।
भेटका क्रममा अमेरिकन फस्ट लेडी र परराष्ट्रमन्त्री ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि सहभागी हुनुहुन्थ्यो ।