दशैमा कतै म्याद गुर्जेका सामान पर्ला है , यसरी गरिदैछ नस्ट


संयुक्त अनुगमन टोलीले सिरहाको लहानस्थित विभिन्न होटलबाट म्याद गुज्रेको पेयपदार्थ तथा अखाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइ घरेलु तथा साना उद्योग कार्यालय लहान, इलाका प्रशासन कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, राष्ट्रिय उपभोक्ता मञ्च सिरहा, जिल्ला उद्योग वाणिज्य सङ्घ लहानको संयुक्त अनुगमन टोलीले लहान बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेको पेयपदार्थ तथा अखाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको हो । अनुगमनका क्रममा विभिन्न होटलहरुमा म्याद गुज्रेको कोकाकोला, फेन्टालगायतका पेयपदार्थ तथा खाद्य पदार्थ फेला परेपछि नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो । यस्तै मिठाइ पसलमा मिठाइ बनाउन प्रयोग गरेका रङहरु मानव स्वास्थ्यमा असर पर्ने खालको पाइएको र ढक तराजुसमेत कम तौलको पाइएकाले ती सबै सामान बरामद गरिएको प्रमुख सिंहको भनाइ छ । अनुगनका क्रममा कतिपय पसल दर्ता नभएको, भ्याट बिल, प्यान बिल, मूल्यसूची र सरसफाइ नभएको पाइएकाले त्यस्ता व्यवसायीलाई आफ्नो व्यवसाय दर्ता गराउन तथा आवश्यक सुधार गर्न एक साताको समय दिइएको प्रमुख सिंहले बताउनुभयो । –––

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई