प्रदूषण फेल भएका गाडी कारवाहीमा


काठमाडौँ, ४ वैशाख (रासस) ः काठमाडाँै उपत्यकामा गरिएको प्रदूषण जाँचका क्रममा चार सय ७६ सवारी साधनको प्रदूषण फेल भएको पाइएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्य योजनाअन्तर्गत शुरु भएको अभियानमा ती गाडीको प्रदूषण फेल भएको पाइएको हो । ती सवारी साधनलाई कारवाही गरी मापदण्डअनुसारको बनाउन निर्देशन दिइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिनुभयो । चैत २१ देखि वैशाख ३ गतेसम्म दुई हप्ताको अवधिमा ती गाडीलाई कारवाही गरिएको हो । सो अवधीमा ट्राफिक प्रहरी महाशाखाले शुकेधारा, गौशाला, धुम्बाराही, चप्पल कारखाना, शंखपार्कलगायत आठ क्षेत्रमा जेब्रा क्रसिङ निर्माण गरिएको तथा दुई हजार ६२७ मोटरसाइकल तथा स्कुटरलाई सचेतना शिक्षा प्रदान गरिएको थियो । नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, कोटेश्वरदेखि गौशालासम्म र थापाथलीदेखि सोल्टीमोड र लाजिम्पाट क्षेत्रमा फुटपाथ व्यवसाय हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई