गाई काटेको आरोपमा तीन पक्राउ


गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एक जना फरार रहेका छन् । राति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । “प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो”, इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले भन्नुभयो । तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिनुभयो । तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको उहाँले जानकारी दिनुभयो । निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताउनुभयो । उहाँले फौजदारी संहिता, २०७४ को परिच्छेद २७ अनुसार कारवाही हुने बताउनुभयो । सो परिच्छेदमा गाई÷गोरु मार्न वा कुट्न नहुने व्यवस्था गरिएको छ । यदि कसैले गाई÷गोरु मारेमा वा कुनै नियतले चोट पु¥याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र अङ्गभङ्ग पारेमा छ महीनासम्म कैदको व्यवस्था छ । गाई÷गोरुलाई चोट पु¥याएमा रु ५० हजारसम्म जरिवाना र हत्या गरेमा कैद सजाय र जरिवाना दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस  
२०७९ असार १२ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् । वृष– प्रेममा खुसियाली बढ्नेछ । रमाइलो यात्राको

गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई