सी अवधारणा अन्तर्राष्ट्रियकरण भइसक्यो : उपप्रधानमन्त्री पोखरेल


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्कूल विभाग प्रमुख एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनपिङले अघि सार्नुभएको बिआरआई र मानव जातिको साझा भविष्यका लागि एक समुदाय निर्माणको अवधारणा अन्तर्राष्ट्रियकरण भइसकेको बताउनुभएको छ ।

चीन अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रपति सीको अवधारणाले महत्वपूर्ण स्थान पाएको बताउनुभयो । “संयुक्त राष्ट्रसङ्घबाट पारित हुने सामाजिक विकास, सुरक्षा परिषद् र मानवअधिकार काउन्सिलको प्रस्ताव, साङ्घाइ कोपरेशन अर्गनाइजेशनबाट पारित घोषणापत्र र चीन अफ्रिका सहकार्य फोरमका २०१९ देखि २०२१ सम्मका कार्ययोजनामा समेत राष्ट्रपति सीको यस अवधारणा र विचारले महत्वपूर्ण र स्थान प्राप्त गरेको छ”, उहाँले भन्नुभयो । वर्तमान विश्वले भोगिरहेका समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने सीको अवधारणाले आज विश्व समुदायलाई सोच्न बाध्य बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोरखेलले युद्ध होइन, शान्ति र सद्भावसहितको समाज निर्माणका लागि सीका अवधारणा मुखरित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सीको अवधारणाले खुल्ला बजार नीति र बहुपक्षीय व्यापारिक सम्बन्धले मानवजातिका बीचमा निम्त्याएको असमानता र त्यसले थपिरहेका चुनौतीको सामना गर्न सबैलाई प्रेरित गरेको छ ।” चिनियाँ राष्ट्रपतिद्वारा अगाडि सारिएको यो सोच केबल सोचमा सीमित नभएर काममा पनि अगाडि आएको उहाँको भनाइ थियो । विश्व सुशासनको सुधार र आवश्यकतालाई ध्यानमा राखेर अन्तरराष्ट्रिय सम्बन्धको मार्गचित्रसहित अगाडि आएको यो अवधारणा माक्र्सवादका सैद्धान्तिक पक्षहरुको नयाँस्वरुप र प्रयोग हो भन्दै उपप्रधानमन्त्री पोखरेलले चिनियाँ राष्ट्रपति सीको यस अवधारणाले विद्यमान आर्थिक असमानता, सामाजिक विभेद् र यसले सिर्जना भएका सबै खाले चुनौतीहरुको सामना गर्दे विकास, समृद्धि, भातृत्व सद्भावसहितको समाज निर्माणमा सबैका योगदानको आवश्यकतालाई जोड दिएको बताउनुभयो । “त्यसैले पनि उहाँको यो अवधारणा माक्र्सवादको सैद्धान्तिक धरातलमा विकसित भएको नयाँ विचार हो भन्ने स्पष्ट छ”, उहाँले भन्नुभयो । नेपालप्रतिको बुझाइमा विश्व समुदायको दृष्टिकोण परिवर्तन हुनु आवश्यक रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले विश्व शान्तिका लागि नेपालले खेलेको भूमिका सिङ्गो मानवजातिका लागि महत्वपूर्ण भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
गठबन्धन टुट्न सक्छ : वर्षमान पुन

काठमाडौं -माओवादी नेता वर्षमान पुनले काँग्रेसले धेरै खेल्न खोजे गठबन्धन टुटाइदिने चेतावनी दिनुभएको छ ।

एमाले पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटा ट्विट : बल्ल परो नीरमाया माकुरी जालैमा!

काठमाडौं, असार १० गते : नेकपा (एकीकृत समाजवादी) को मन्त्रिपरिषद् हेरफेरलाई लिएर उत्पन्न विवादप्रति नेकपा

माओवादीका केन्द्रीय सदस्य नै एमाले प्रबेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज जीवन गौतम नेकपा (एमाले)

एमालेका सचिव योगेश भट्टराईको कडा स्टाटस

नेकपा एमालेका सचिव योगेश भट्टराईले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा देखिएको विवादबारे टिप्पणी गर्नुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई