नेकपाले दशैँ, तिहार, छठका अवसरमा २९ गते चियापान कार्यक्रमको आयोजना गर्ने
काठमाडौं, १० असोज– नेपाल कम्युनिस्ट पार्टी नेकपाले यस वर्षको दशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आगामी असोज २९ गते काठमाडौंमा चियापान गर्ने भएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलको शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज २९ गते चावपर्ड लक्षित चियापन कार्यक्रम हुने जानकारी दिनुभएको हो ।
महासचिव पौडेलले असोज २९ गते नेता तथा कार्यक्रतालाई निम्तो समेत गर्नुभएको छ । नेकपाले चियापानको लागि स्थान भने छनोट गरिसकेको छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेकपाले दोस्रो पटक चियापान कार्यक्रमको आयोजना गर्न लागेको हो ।