हिंसाको बाटो हिँड्ने कसैलाई छोड्ने छैन : गृहमन्त्री थापा


हेटौँडा, ४ वैशाख : गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताउनुभएको छ ।

गृहमन्त्राल यद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग उहाँले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको बताउँदै गृहमन्त्री थापाले त्यस कार्यमा सरकार सफल पनि हँुदै गएको र शान्ति सुरक्षामा सुधार आएको बताउनुभयो ।

हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समुहसँग वार्ता प्रक्रिया भइरहेको बताउँदै हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गर्नुभयो । पत्रकारको जिज्ञासामा नयाँ प्रहरी ऐन नआएको अवस्थामा पुरानो ऐनको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहले शान्ति सुरक्षाको कार्य गरिरहेको बताउनुभयो ।

गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पधाधिकारी लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ ।

दुईदिने गोष्ठीमा शान्ति सुरक्षाका लागि जिल्ला र प्रदेशबाट समाधान गर्न सकिने समस्या र चुनौतीका लागि एकीकृत अवधारणा बनाउने उद्देश्य रहेको छ । गृहसचिव प्रेम कुमार राईको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा आर्थिक अपराध, सङ्घीयता, संविधान विरोधी र सुशासन कायम गर्ने र अपराध नियन्त्रण गर्ने विषयमा छलफल हुने बताइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई