वंशजको नागरिकता लिन बिहानैदेखि घुइँचो


भद्रपुर, ४ वैशाख: जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेका आमा र बाबुका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्च अदालतले मङ्गलबार फैसला गरेपछि आज नागरिकता लिन झापाको जिल्ला प्रशासन कार्यालयमा बिहानैदेखि घुइँचो लागेको छ ।

झापा जिल्ला प्रशासन कार्यालयको मूलगेट खुल्नु अगावै बिहान ८ बजेदेखि बाहिर सेवाग्राही लामबद्ध भएका छन् । विसं २०६३ मा जन्मको आधारमा नेपाली नागरिकता पाएका आमा र बुबाको सन्तानले लामो अवधिसम्म नागरिकता पाउन सकेका थिएनन् । तर गृह मन्त्रालयले गत चैत १९ गते सबै जिल्ला प्रशासन कार्यालयलाई वंशजको आधारमा नागरिकता वितरण गर्नु भनी परिपत्र गरेको थियो । तीन दिनसम्म नागरिकता वितरण भएलगत्तै गृहको परिपत्र विरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले सो प्रकृतिका नागरिकता वितरण नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले मङ्गलबार सोही विषयमा अर्को आदेश जारी गरी गृह मन्त्रालयको परिपत्र बमोजिम नै नागरिकता दिन मिल्ने आदेश गरेको हो ।

झापा जिल्लामा चैत १९ गते यता ६०० बढीले वंशजको नागरिकता पाइसकेका छन् । झापामा विसं २०६३ मा २२ हजारले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेका थिए । तिनका सन्तानले वंशजको आधारमा अब नागरिकता पाउने भएका छन् । झापा गाउँपालिका–२ का सरोज मेहराले ५० किलोमिटर टाढाबाट धाएर वंशजको आधारमा नागरिकता लिन प्रशासनको गेटबाहिर बिहानैदेखि लाइनमा बसेको बताउनुभयो । उहाँले नागरिकता वितरण फुकुवा भएको खबर सुनेर आएको बताउनुभयो ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सर्वोच्च अदालतले सदर गरिसकेको हुँदा गृहमन्त्रालयको परिपत्र बमोजिम आवश्यक प्रक्रिया पूरा गरेर नागरिकता आजदेखि वितरण गर्न थालिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई