नेकपाको एकता चिनी पानीको मिश्रण हो : मन्त्री विष्ट


गलकोट, ४ वैशाख: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र पार्टीबीचको एकीकरण चिनी पानीको मिश्रण जस्तै भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गलकोट नगर कमिटिले आज हटियामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेकपाका नेता तथा मन्त्री विष्टले पार्टी फुट्ने कुरा इतिहासले नस्वीकार्ने भन्दै नेकपाको एकता बालुवा पानीको मिश्रण नभएर चिनी पानीको मिश्रण भएको बताउनुभयो ।

उहाँले सरकारले समृद्धिको जग बसाल्न सफल भएको भन्दै कार्यकर्तालाई धैर्य रहन आग्रह गर्नुभएको थियो । उहाँले सिङ्गो पार्टीपङ्ति तथा कार्यकर्तालाई सरकारले गरेको राम्रा कामको प्रचारप्रसार गरी उपयुक्त सुझाव प्रदान गर्न आग्रह गर्नुभएको थियो । मन्त्री विष्टले यही वैशाख १ गते गलकोटको विभिन्न क्षेत्रमा बाढीले पु¥याएको क्षतिको विवरणका बारेमा आफूले अध्ययन गरेर राहत प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई