प्राथमिक स्वास्थ्य केन्द्रमा जनशक्ति अभाव


बनेपा, ४ वैशाख : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा ११ जना कर्मचारी रहेका अहिले तीन जना कर्मचारीले सेवा दिइरहेको छ ।

सङ्घीय संरचनाअनुसार अहिले नगरापालिकाअन्तर्गत सञ्चालन भइरहेको सो केन्द्रमा तीन जना मात्रै स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएको हुन् । एघार जनाको दरबन्दी रहेको भए पनि कर्मचारी समायोजनको लागि खुला गरिएको छनोट प्रक्रियामा स्वास्थ्यकर्मीले सङ्घीय र प्रदेशमा रोजेर गएपछि अहिले सेवा प्रवाहमा समेत समस्या भएको केन्द्रका प्रमुख डा प्रीति यादवले बताउनुभयो । “दरबन्दी ११ जनाको हो, तर अहिले हामी तीन जनाले मात्रै सेवा दिँदै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “कर्मचारीको अभावका कारण कुनै बेला कसैले बिदामा बसिदियो भने आवश्यक पर्ने औषधि ल्याउनसमेत कठिन हुने गरेको छ ।” सो केन्द्रमा दैनिक ४० जनाको हाराहारीमा बहिरङ्ग विभाग (ओपिडी)मा र १० जना जति आकस्मिक सेवामा आउने गरेको अस्पतालका प्रमुख डा यादवले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले अनमी र अहेबको व्यवस्था गरिदिएको छ । त्यसरी सेवा प्रवाह भइरहेको केन्द्रमा ५÷६ दिनदेखि तीन जनाले मात्रै सेवा प्रदान गर्दै आइरहेका छन् ।

जिल्लाभरिकै एउटा मात्रै केन्द्रको रुपमा रहेको यहाँ कुकुरको टोकाइबाट हुने ‘एन्टी रेबिज भ्याक्सिन’ दिने सुविधा छ तर, जनशक्ति अभाव र कहिलेकाहीँ औषधि आपूर्ति गर्न टेकु अस्पतालसम्म पुग्नुपर्ने भएकाले भ्याक्सिन उपलब्ध गराउन समस्या हुने गरेको केन्द्रले जनाएको छ । केन्द्र प्रमुख यादवका अनुसार महीनाको ५० जनाको हाराहारीम कुकुरको टोकाइबाट हुने समस्याका बिरामी एन्टी रेबिज भ्याक्सिन लिन आउने गरेको बताउनुभयो । “पहिलो महीनामा जति जना त्यस्तो बिरामी आउने गरेका छन्, त्यसको आधारमा टेकुमा गएर भ्याक्सिन ल्याउने गरेका छौँ”, उहाँले भन्नुभयो, “जनशक्ति अभावकै बीचमा काम गर्नुपर्दा भने जस्तो सेवा दिन समस्या हुने गरेको छ ।” पछिल्लो अवस्थामा कुकुरको टोकाइबाट बिरामी भएर आउनेको सङ्ख्या बढ्दै गएको केन्द्रले जनाएको छ ।

अहिले सो केन्द्रमा एक एच ए, एक अनमी र एक मेडिकल अधिकृत गरी तीन जनाले सेवा दिइरहेका छन् । एकातिर जनशक्तिको अभाव, अर्को तिर कागजी प्रक्रियामा निकै झण्झट हुने गरेको केन्द्रले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र नै भएपनि सो केन्द्रमा एन्टी रेबिज भ्यासिक्न दिने सेवा सुचारु गरेका कारण भ्याक्सिन लिने प्रक्रिया झण्झटिलो छ । उक्त भ्याक्सिन काठमाडौंस्थित टेकु अस्पतालबाट मात्रै प्रदान गरिने भएकाले केन्द्रबाट नगरपालिका र धुलिखेलस्थित जनस्वास्थ्य कार्यालयबाट पत्राचार गरिसकेपछि मात्रै भ्याक्सिन उपलब्ध हुने भएकाले समस्या हुने गरेको केन्द्रका प्रमुख यादवले बताउनुभयो । केन्द्रका सिनियर अहेब सुनील केसीले जिल्लामा रहेका चार स्वास्थ्य केन्द्रमध्ये सो केन्द्रबाट २४ सै घण्टा सेवा प्रदान गरिरहेको बताउनुभयो । जिल्लाको पनौती नगरपालिकाको खोपासी र सुनथान, धुलिखेल नगरपालिकाको धुलिखेल र पाँचखाल नगरपालिकाको दुलालथोकमा रहेको केन्द्रमध्ये सो ठाउँमा मात्रै एन्टी रेबिज भ्याक्सिनको सेवा प्रवाह हुँदै आएको छ । यसअघि एन्टी रेबिज भ्याक्सिनका लागि कि त निजी अस्पतालतिर जानुपथ्र्यो कि त सरकारी सेवा प्रवाहको अस्पताल टेकुसम्म पुगेर सेवा लिनुपर्ने बाध्यता थियो ।

अहिले सरकारी निकायबाट नै सो सेवा प्रवाह हुँदै आएको भए पनि जनशिक्त अभावका कारण सेवा प्रवाहमा समस्या देखिन थालेको हो । प्रसूति सेवा केन्द्र लगायतको स्वास्थ्य सेवा प्रवाह गर्दै आएको केन्द्रमा जनशक्ति अभाव हुँदा सोचेअनुसार सेवा प्रवाह गर्न समस्या भएको उहाँको भनाइ छ । पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले समायोजनपछि कर्मचारी हिँडिसकेको भए पनि त्यही क्रममा अर्को कर्मचारी आइसकेको कारण अब छिट्टै पूर्ति हुने बताउनुभयो । “हामी कहाँ कर्मचारी आउने क्रम जारी छ, अब छिट्टै हाजिरी भएर काममा खटिनेछन्”, उहाँले भन्नुभयो । यसअघि पनि अपुग कर्मचारी रहेका कारण नगरपालिकाले करारमा नै माग गरेर पूर्ति गरी सेवा प्रवाह गर्दै आएको उहाँको भनाइ छ ।

(पेमा लामाको रिर्पोट)

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई