मायावी सेना को? मुद्दामा बहस गर्नु पर्छ भन्ने संजाल प्रयोगकर्ता कि बहस बर्जित गर्ने “एकबद्धता” सम्पादकहरु ?


डा.केसी केहि सामाजिक केहि राजनितिक माग राखेर १५ औं अनसनमा थिए, समाजको ठुलो हिस्सा डा.केसीका माग प्रति सकारात्मक थियो भने सत्तापक्ष पहिले जस्तै डा.केसी प्रति आक्रमक थियो। पत्रकार विभाजित थिए, सामाजिक संजाल प्रयोगकर्ता पनि विभाजित थिए । ब्रोडसिट देखि अनलाइनका सम्पादकहरुले डा.केसीको अनसन स्थलमै गएर एकबद्धता जनाए पछि पत्रकारिताको धर्म के हो? भन्ने समेतमा विवाद आयो।

दुर्भाग्यपुर्णनै भन्नु पर्छ डा.केसीको १४ औं अनसनसम्म उनका मागमा मिडियामा बहसनै भएन। डा केसीका पक्षधर डा केसीका सबै जायज हो भन्ने तर्क गरि रहे भने डा केसीका विरोधी डा केसीका सबै माग नाजायज हुन भन्न लागी रहे। मिडियाले पनि डा केसीका माग मध्ये कुन माग जायज हुन, कुन माग नाजायज हुन भन्नेमा तर्कसंगत बहस नै गरेन। अझ भन्ने हो भने मुलधारका मिडिया, डा.के.सी.का समर्थक र डा.केसी स्वयमले डा.केसीको विचार भन्दा फरक विचार राख्नेलाइ माफिया, हत्यारा, माफियाका मतियार जस्ता संघिन आरोप लगाए।

१५ औं अनसनमा माहौल अलि भिन्न भयो। देशको परिवर्तित अवस्थामा माथेमा आयोगको प्रतिवेदन हुबहु लागु हुनुपर्छ कि माथेमा आयोगको प्रतिवदेनमा व्यापक छलफल हुनु पर्छ भन्ने बहसले प्रबेश पायो । माथेमा आयोगले आफ्नो प्रतिवेदन तयार गर्दा देश संघियतामा गइ सकेको थिएन, आयोगको प्रतिवेदन तयार गर्दा विश्व बैंकको विकास लक्ष Millennium Development Goal थियो भने अहिले विकारको लक्ष परिवर्तन भइ Sustainable Development Goal भएको अवस्थामा माथेमा आयोगको प्रतिवेदनलाइ परिमार्जित गर्नु पर्छ कि पर्दैन? भन्ने बहस हुनु पर्नेमा सम्पादकहरु डा.केसीको आन्दोलनमा एकबद्धता जनाउन तिर लागे, बहस गरिएन।

एक टिभी कार्यक्रममा एक प्रस्तोताले माथेमा आयोगका सदस्य बोलाएर ऊनि संग बहस कार्यक्रम चलाएर बहसको थालनी मात्र के गरेका थिए, ति प्रस्तोता माथि एकबद्धता जनाउने सम्पादक टोली मध्येका एकजना सम्पादकले समाजिक संजालमा ति प्रस्तोतालाई “मण्डले” जस्ता अभद्र शब्द प्रयोग गर्दै आक्रमण गरे। माथेमा आयोगको सांदर्भिकतामा छलफल हुनुलाई सकारात्मक रुपमा लिनु पर्नेमा सम्पादकहरुले आयोग माथीको बहसलाई बर्जित गर्न तिर लागे।
डा.केसीको अनसन भर मुलधारका मिडियाले एकपक्षिय समाचार सम्प्रेषण गरि रहे। यसको प्रत्यक्ष उदाहरण हो, जुम्लामा भएको झडपको रिर्पोटिङ्ग। कान्तिपुर मिडियाले शेयर गरेको भिडियोमा डा.केसीका समर्थक प्रहरी माथी कुर्सि, चिर्पट, होज पाइजले आक्रमण गर्दै गरेको स्पष्टरुपमा देखिन्छ तर मुलधारका मिडियाले समाचारको यो पाटोलाइ लुकाएर सरकारको दमन भन्दै एक पक्षिय समाचार सम्प्रेषण गरि रह्यो।

त्यसै गरी कानुन मन्त्रीको विवादस्पद बयानमा राजिनामा माग्ने मुलधारका मिडियाले “सत्याग्रहि” डा.केसीले देशका प्रधानमन्त्रीलाई माफिया, डन, हत्यारा भन्दा कुनै विरोध गरेन, सत्याग्रहिलाइ यस्ता शब्द सुहाउदैन भनेर न कुनै विमति जनाए, न कुनै बिरोध। डा.केसीको समर्थनमा डाक्टरहरुले OPD सेवा बन्द गर्दा जनताको अधिकार हनन् हुन्छ कि हुदैन? के यस्तो बन्द हडताल सत्याग्रहिलाइ सुहाँउछ कि सुहाउदैन? भनेर बहस पनि गरिएन। संजालमा केहि बहसको थालनी भएको थियो तर तिनीहरु माथी आक्रमण भयो, बहस बर्जित गर्न खोजियो।

डा केसीको अर्को माग थियो, सरकारले माइतिघर क्षेत्रलाइ निषेधित क्षेत्र घोषणा गर्ने निर्णय फिर्ता लिनु पर्ने। स्मरण रहोस, सरकार संगको सहमतिमा डा.केसीले यो माग फिर्ता लिनु पर्यो । तर कसैले पनि आदलतमा विचाराधिन मुद्दालाइ अदालतबाटै छिनोफानो हुनुपर्छ कि अनसनबाट छिनोफानो हुनुपर्छ? भनेर बहस गरेन। यि विषयमा भिन्न धारणा राख्ने सबैलाई अनसन भरि मेडिकल माफियाको संज्ञा दिए भने अनसन समाप्त भए पछि मायावी सेना (Trolls) भन्दै बहसलाइ बर्जित गर्ने कार्य गरिदैछ ।

ग्रिसको पौराणिक कथामा एक पात्र छिन कासेन्ड्रा । उनलाइ सटिक भविष्यवाणीको वरदान प्राप्त हुन्छ, साथसाथै उनले भविष्यवाणी कसैले नपत्याउने श्राप पनि पाएकि हुन्छिन। जस्ले गर्दा उनको भविष्यवाणी सटिक भए पनि कसैले पनि पत्याउदैन थियो। नेपाली मिडिया विशेष गरि सम्पादकहरुले यो बुझ्न जरुरी छ कि आफ्नो गल्ती सच्याउनु भन्दा आफु भन्दा भिन्न विचार राख्नेलाइ “मण्डले” वा “मायावी सेना” भनि नजरअन्दाज गरियो भने एक दिन नेपाली मिडियाको हविगत पनि कासेन्ड्राको जस्तो नहोला भन्न सकिन्न।
यो लेख हामीले उमेश दुलालको व्लगवाट लिएका हौ ।Relatedकृषि र पर्यटनको ‘लिंकेज’बाट समृद्धि सम्भव छ
२०७५-०७-०१

अलबिदा रबिन्द्र दाइ !
२०७५-११-१६

image

“मिथ्या”ग्रही
२०७५-१०-२६

image

यसरी आउला र समृद्धि?
२०७५-०७-२१

image

गृह मन्त्रालयको परिपत्र, नागरिकता र प्रायोजित भ्रम
२०७५-१२-२२

image
प्रतिक्रिया दिनुहोस  
यस्ता हर्कतले हामीलाई बनाउने कङ्गाल नै हो

नेपाल पनि श्रीलङ्का जस्तै त हुदैन भनेर चासो ब्यक्त गर्नेहरू बढेको देखिदै छ। यो अनुमान

जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

समाजवादको आधार निर्माणका चुनौतीहरू

शङ्कर पोखरेल स्थायी कमिटी सदस्य नेकपा एमाले नेपालमा सामन्ती राजतन्त्र समाप्त भएको परिप्रेक्ष्यमा नेपाली समाजको

एमाले बन्नु भनेकै मुलुक बन्नु हो

घनश्याम भुसाल उपमहासचिव नेकपा (एमाले) महाधिवेशनको व्यवस्थापकीय तयारीको कुरा गर्दा सबैले बुझ्छन् कि एमालेले आफ्नो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई