स्वरोजगारका लागि र्निब्याजी ऋण


खलङ्गा,४ वैशाख: जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि र्निब्याजी ऋण उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाको हिउँदे गाउँसभाबाट र्निब्याजी ऋणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको छ । विदेश पलायन हुने युवालाई लक्षित गरेर र्निब्याजी ऋण उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले गरेको हो ।

व्यवसाय गर्ने व्यक्ति, समूह र संस्थालाई उनीहरुले अङ्गालेको पेशालाई सहयोग गर्ने ध्ययले र्निब्याजी ऋण उपलब्ध गराउने नीति लिइएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । आय आर्जनमार्फत गरीबी न्यूनीकरण र सामाजिक प्रगति गर्ने, स्थानीय जडीबुटी तथा बालीको संरक्षण गर्ने उद्देश्य यो कार्यक्रम अगाडि सारेको उहाँको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंले भन्नुभयो, “ऋण नपाएकै कारण धेरै युवाले व्यवसाय गर्न सकेको अवस्था छैन, उनीहरुको व्यवसायमा सहयोग गर्ने उद्देश्य यो कार्यक्रमको छ ।”

यो गाउँपालिकाबाट ६ हजार ९४ जना वैदेशिक रोजगारिमा गएका छन् । सबैभन्दा बढी वडा नं. ८ बाट एक हजार २४५ र सबैभन्दा कम वडा नं. ७ बाट ६१३ जना विदेश पलायन भएका छन् । विदेशिने युवालाई स्वदेशमै स्वरोजगार उपलब्ध गराउने उद्देश्यले यो कार्यविधि ल्याइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई