नेपाली क्रिकेट टोलीको घोषणा


काठमाडौँ, ४ बैशाख (रासस) : थाइल्याण्डमा आयोजना हुने एसीसी सोह्र वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताका लागि आज १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही वैशाख ७ देखि १५ गतेसम्म हुने उक्त प्रतियोगिताको लागि विशाल विक्रम केसीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा अन्य चार वैकल्पिक खेलाडीसमेत चयन भएका छन् । छनोट हुने अन्य खेलाडीमा आशिष भट्टराई, प्रशान्त महमत, अर्जुन कुमाल, दीपक बोहोरा, सुवास ऐर, निखिलकुमार सिंह, विशालकुमार पटेल र किस कार्की छन् । त्यसैगरी तिलकराज भण्डारी, रमेश कुर्मी, रोहन दुधराज विक, प्रशान्त सिंह र सुशान्त थापा पनि छनोटमा परेका छन् । वैकल्पिकतर्फ अभिशेक गौतम, पर्शुराम यादव, अरबाज अन्सारी र विवेक दर्शी रहेका छन् । नेपालले आफ्नो पहिलो खेल यही वैशाख ७ गते म्यान्मासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । समूह ए’ मा रहेको नेपालको समूहमा आयोजक थाइल्याण्ड र मलेसिया छन् । त्यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, भुटान र चीन रहेका छन् । नेपाली टोली बिहीबार थाइल्याण्ड जानेछ ।

प्रतिक्रिया दिनुहोस  
यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो विश्व विजेता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ फाइनलमा अर्जेन्टिना बिजय भएको छ । लुसैल स्टेडियममा

अर्जेन्टिना र फ्रान्सको रोमाञ्चक बराबरी

कतार विश्वकपको फाइनलमा एम्वाप्पेले खेलको ११८ औँ मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पुरा गरेका

ब्राजिलले विश्वकप २०२२ जित्ने भविष्यवाणी

काठमाडौं, २ मंसिर । विश्वकप फुटबल प्रतियोगिता आगामी आइतबारबारदेखि कतारमा सुरू हुँदैछ । तर, विश्वकप

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई