४० भन्दा बढी लडाकू मारिए


काबुल, ४ वैशाख : अफगानिस्तानमा भएका पछिल्ला विभिन्न घटनामा परी ४० भन्दा बढी लडाकू मारिएका छन् ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार देशका विभिन्न ठाउँमा गत २४ घण्टाको अवधिमा भएका छुट्टछुट्टै घटनामा परी उनीहरु मारिएका हुन् । अर्घान्डाबमा भएको घटनामा पाँच जना मारिएको र छ जना घाइते भएको सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

त्यसैगरी मावलातावाद जिल्लामा भएको घटनामा ११ जना मारिएको र २१ जना घाइते भएको एक जना सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाइले जानकारी दिनुभयो ।

मारिएकामध्ये दुई जना मावलावी ओमरी र मावलावी नाएम महत्वपूर्ण कमाण्डर रहेको पनि उहाँले बताउनुभयो । सरकारी सुरक्षाकर्मीहरुले पूर्वी घाज्नी प्रान्तमा २५ जना लडाकूलाई मारिएको दाबी गरेका छन् । उनीहरुले २१ वटा गाउँलाई आफ्नो नियन्त्रणमा फिर्ता लिएको पनि बताएका छन् ।

अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिवान लडाकूविरुद्ध जारी सुरक्षा कारवाहीका क्रममा २१ तालिवान सशस्त्र विद्रोही मारिएका छन् ।

अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिवानले गएको शुक्रबारदेखि सरकारकोविरुद्धको आक्रामक कारवाही भनी घोषितरुपमा नै आक्रमण गरिरहेका छन् ।

उनीहरुले अफगानिस्तानका सरकारी कार्यालय, सुरक्षाकर्मी र अरु सर्वसाधारणलाई पनि आक्रमणको निसाना बनाएका बताइएको छ ।

केही समयअघि अमेरिकी अगुवाइमा अफगानिस्तानका तालिवानसँग शान्ति वार्ता गर्ने भनी प्रक्रिया अघि बढाइएको भनिएको भए पनि सो वार्ता सफल हुन सकेन । त्यसपछि तालिवानले यस्तो कारवाही थालेको बताएको छ ।

तालिवान लडाकूहरुले आक्रमणलाई तीव्रता दिएपछि सरकारी सुरक्षाकर्मीहरुले पनि आक्रमण बढाएको अधिकारीहरुले जनाएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई