हवाई माफियाको गिद्धे दृष्टीमा नेपाल वायुसेवा निगम
नेपाल आउने र नेपालबाट बाहिर जाने अन्तराष्ट्रिय हवाई उडानको व्यपार करिब नेपाली रुपैया १०९ अर्वको रहेको छ । राष्ट्रिय ध्वाजा बाहक भएको नाताले नेपाल वायुसेवा निगमले यस व्यपारमा आफ्नो हिस्सा खोज्नु सामान्य हो । तर निगममा विभिन्न समयमा भएका घोटलाका कारणले गर्दा निगमले २८ बर्ष सम्म कुनै विमान खरिद गर्न सकेन । भएका विमान पुराना हुँदै जानु र नयाँ विमान खरिद नहुनुले निगम जाहाज विहिन अवस्थामा पुगेको थियो । एक समय यस्तो थियो निगमका थोत्रा जहाजमा दिनहुँ समस्या देखिनाले सधै उडान रद्ध गर्नु पर्ने अवस्था थियो। यहि समस्याले आजित भएर निगमले भगवान आकास भैरबलाई गुहार्यो र बोकाको बली दिएर समस्या समाधान गर्न तिर लाग्यो । त्यसै विचमा सुरक्षालाई आधार बनाएर ICAO र युरोपियन युनियनले निगमलाई कालो सुचीमा राख्यो । रबिन्द्र अधिकारीले पर्यटन मन्त्रालयको नेतृत्व गरे पछि निगम ICAO को कालोसुचीबाट हट्न सफल भयो भने युरोपियन युनियनले निगमलाई अझै कालोसुचीमा राखेको छ।
२८ बर्ष पछि निगम एयस बससंग सिधै सम्झौता गरेर २ न्यारोबडी विमान खरिद गर्ने प्रकृया अघि बढायो। अहिले जसरी विमान उत्पादक कम्पनीसंग सोझै खरिद नगरि बिचौलिया मार्फत खरिद गरि बदनियत गरेको भन्ने आरोप छ, त्यस बेला विना प्रतिस्पर्धा सोझै विमान उत्पादक कम्पनीसंग खरिद गरेर बदनियत भयो भन्ने हल्ला चलाइयो। अन्तत लामो कानुनी लडाई पछि निगमले २ वटा न्यारोबडी विमान भित्राउन सफल भयो। दुइटा न्यारोबडी जहाज संचालनमा ल्याए पछि निगमले अन्तराष्ट्रिय उडानको व्यापारमा ६% अर्थात ७ अर्वको हिस्सा प्राप्त गर्न सफल भयो। तर अन्तराष्ट्रिय उडाने व्यापारको ठुलो हिस्सा ९४% अर्थात १०२ अर्ब भने अन्य विमान कम्पनीले कब्जा जमाए। अहिले निगमले आफ्नो बेडामा दुईवटा वाइडबडी जहाज थपेको छ। जस्को खरिद प्रकृयामा भ्रष्टाचार भयो भन्ने आरोप लागेको छ। निगमले यी २ वाइड बडी विमान थपे संगै केहि महिनामा नै निगमले बजारमा आफ्नो हिस्सा बढाउए १७ % पुर्यायो, सबै विमान कम्पनीलाई उछिन्दै नम्बर एक स्थानमा आफुलाई राख्न सफल भएको छ।
निगमको व्यवस्थापनमा कमी कमजोरी छैन भनेको हैन तर त्यहि कमी कमजोरी माथी टेकि हवाइ माफियाहरु राष्ट्रिय ध्वाजाबाहकलाई ग्राउण्डेड गर्ने उद्धेश्यका साथ लागि परेकाले हामी सबैले त्यस्ता हवाई माफियाको प्रयासलाई विफल पार्नु पर्छ। निगमको व्यवस्थापन चुस्त र सवल हुनुको विकल्प छैन। तर निगम माथि जुन प्रकारको हमला गरिदैछ, त्यसको पछि हवाई माफिया लागेको प्रष्ट छ। निकट भविश्यमा निगमका राष्ट्रिय ध्वाजाबाहक विमानहरु जापान, चीन, कोरियामा सिधा उडान भर्ने छन। यी राष्ट्रिय ध्वजावाहक विमान ति गन्तव्यमा उडान भर्न थाले भने अन्य विमान कम्पनीको व्यपारलाई प्रभावित गर्नेछ।उदाहरणको लागि निगमका जहाज नहुँदा काठमाडौं दिल्ली सेक्टरको भाडा १२/१५ हजार हुन्थ्यो भने अहिले ८ हजारको हाराहारी रहेको छ। निगमका जहाज नहुँदा “डाइनामिक प्राइसिङ्ग” को नाममा विमान कम्पनीहरु चर्को भाडा असुल गर्थे भने निगमले नियमित उडान भर्न थाले पछि मुल्य लगभग स्थिर जस्तै हुने गरेको छ।
वाइड बडी खरिद प्रकृयामा भ्रष्टाचार र बदनियत भए दोषी माथी छानबिन गरि कारबाही गरिनु पर्छ । तर छानबिन उपसमितिले जुन किसिमको कार्य गर्यो, उपसमितिका सदस्य कतै हवाई माफियासंग मिलेका त छैनन् भन्ने प्रश्न उब्जिएको छ। उपसमितिका सदस्य प्रेम आलेले संचार माध्यममा जुन प्रकारका अभिव्यक्ती दिएका छन त्यसबाट उपसमिति निगम, निगमका कर्मचारी, विमान खरिद प्रकृयामा संलग्न व्यक्तीहरु प्रति पुर्वाग्रही थियो भन्ने प्रष्ट छ। उपसमितिले खरिद प्रकृयामा छानबिन गर्दा खरिद नरोक्न सर्वाेच्चले गरेको फैसलालाई समेत छानबिनमा सामेल गर्नु पर्छ भन्ने ख्याल गरेन। उपसमितिले टिभीमा जे बज्यो, पत्रिकामा जे छापियो त्यसैलाई आधार मान्यो, न निगमले उपलब्ध गराएको कागजात पढ्यो, न विमान खरिद प्रकृयालाई निगमको व्यपारिक दृष्टिकोणले हेर्यो। कमसेकम नेपालमा भएको विमान सेवा कम्पनीको बेडामा कुन कुन विमान छन, विमान सेवा कम्पनीका बेडामा एकै प्रकारका विमानहरुको हुनुका पछाडिको कारण के के हुन बुझ्ने समेत चेष्टा गरेन। कस्ले टेण्डरका सर्त सुविधा तय गर्यो? कस्ले खरिद बिक्रि सम्झौता गर्यो? कसले बैना रकम दियोे? को जमानी बस्यो? को सचिव थियो? को मन्त्री थियो? पत्ता लगाउन जरुरी समेत ठानेन। विमान कम्पनीका मालिक समेत रहेका मिडिया माफियाहरुको साथमा लागेर विना तथ्य छापिएका पत्रिकाका न्युज कटिङ्गलाई आधार मानेर प्रतिवेदन तयार पर्यो।
छानविन उपसमितिले आफ्नो अनुसन्धानबाट प्राप्त तथ्यहरु संसदिय समितिमा निर्णायार्थ पेश गरि निर्णय भएपछि मात्र सार्वजानिक हुनु पर्ने प्रतिवेदन लेखा समितिमा पेश गर्नु पुर्व नै छानबिन उपसमितिले मिडियामा लिक गराएर आरोप प्रमाणित नभई खरिद प्रकृयामा संलग्नलाई भ्रष्टाचारी भनि जुन प्रकारको प्रचारबाजी गर्यो त्यो हदै सम्म लापिरबाही र गैर जिम्मेवारीपुर्ण कार्य थियो । छानबिन समिति उपसमितिले जस्लाई देख्यो, जस्लाई भेट्यो, जो सोझो देख्यो, जो इमान्दार देख्यो सबैलाई भ्रष्टाचारी भन्दै डाम्ने कार्य गर्यो । छानबिन उपसमितिको छानबिन प्रारम्भिक मात्र थियो, त्यसैले खरिद प्रकृयामा गडबडी देखिएको भए विज्ञहरु समेतको निष्पक्ष छानबिनका लागि सिफारिस गर्नु पर्नेमा बिना तहकिकात बिना छानबिन मिडियाबाजी गरि जोखिम मोलेर विमान ल्याउने मन्त्री, कर्मचारी समेतलाई तर्साएर हुर्मत लिने कार्य गर्यो। उपसमितिका सदस्यको लापरबाही, गैर जिम्मेबारी र बद्नियतपुर्ण कार्यले कर्मचारीको उर्जा, मनोबललाई लगभन समाप्त पारेको छ जस्ले गर्दा थला परेर विस्तारै उठ्न खोज्दै गरेकोे निगमको विस्तार योजनालाई नरात्मक असर पार्ने निस्चित छ। निगम डुबे आफ्नो व्यपार बढने सपना देखेको हवाइ माफिर्यालाई छनबिन उपसमितिको पुर्वाग्रही, लापरबाहि, बद्नियत पुर्ण कार्यले उर्जा प्रदान गरेकोछ।