‘लोकतन्त्र कमजोर बनाउने बाटोमा सरकार’ – उपसभापति गच्छदार


विराटनगर, ४ वैशाख: नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान सरकारको लोकतन्त्रलाई कमजोर गर्ने बाटोमा हिँडिरहेको आरोप लगाउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उहाँले सरकारले संसदीय पद्धति र त्यसको मूल्य र मान्यतालाई कमजोर बनाएको र स्वतन्त्र न्यायालयमा हस्तक्षेप गरेको आरोप लगाउनुभयो । उपसभापति गच्छदारले काङ्ग्रेसले जनजागरण अभियान सरकारले गरेका गलत क्रियाकलापको जनतालाई सुसूचित गराउने उद्देश्यले गरेको बताउँदै यस कार्यमा अन्य पार्टीको सहयोग र सहभागिता हुने जानकारी दिनुभयो । उहाँले मुलकको अर्थतन्त्रलाई धरासायी हुने बाटोतर्फ गइरहेको भन्दै बबई सिँचाइ योजना २० वर्ष अगाडि नेपाली काङ्ग्रेसको निर्माण कार्य शुरु भएको बताउनुभयो । उहाँले जनताको हितमा गरिने प्रत्येक कार्यमा प्रतिपक्ष दलको हैसियतले सहयोग गर्ने बताउँदै विकास निर्माण कार्यमा नेकाँ हातेमालो गर्नेगरी हिँड्ने छ भन्नुभयो ।

उपसभापति गच्छदारले काङ्ग्रेसभित्र रहेको अन्तरद्वन्द्व समाधान सहमतिबाट भइरहेको जानकारी दिँदै प्रमुख नेताहरुले निर्वाचन, अनुशासन समिति सहमतिबाट नै गठन भएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई