विश्वकप क्रिकेट खेल्ने नेपालको सपना यसरी भयो अधुरो


काठमाडौँ, ५ वैशाख : आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ । मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले ओमानलाई १० विकेटले पराजित गरेपछि नेपालको विश्वकप खेल्ने सपनामा पूर्णविराम लागेको हो । छनोट खेलमा सिङ्गापुरविरुद्धको पहिलो खेलबाट राम्रो शुरुआत गरेको नेपालका लागि युएईविरुद्धको दोस्रो खेलमा हार बेहोर्नु नै विश्वकप खेल्न नपाउनुका प्रमुख कारण बन्न पुग्यो । वर्षाका कारण खेल सम्भव नभएपछि वकवर्थ नियमका आधारमा नेपाल एक रनको झिनो अन्तरले युएईसँग पराजित भएको थियो । जसको नतिजाबाट नेपालको विश्वकप खेल्ने सपना अधुरो नै रह्यो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने मलेसियालाई आठ तथा ओमनलाई १५० रनले पराजित गरेको थियो । जारी खेलमा नेपालले कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपमा सहभागिता जनाउन पाउने छैन । विश्वकपमा छनोट हुन नेपाललाई कुवेतविरुद्ध जित र युएईको हार आवश्यकता रहेको थियो तर, युएईको जितसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । उक्त छनोट प्रतियोगिताको शीर्ष एक टोलीले मात्र विश्वकपमा स्थान बनाउने प्रावधान छ । जसमा युएई प्रवेश गर्न सफल भयो । यसअघि सात पटक विश्वकप खेलिसकेको नेपाल आठौँ पटक प्रवेशका लागि युएईसँगको खेल घातक सावित भयो । जितसँगै युएईले अब सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा सहभागिता जनाउनेछ ।
(रासस)

प्रतिक्रिया दिनुहोस  
६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई