सिलिण्डर ग्यास विष्फोट


चितवन, ५ वैशाख : नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका दुई स्थानमा विष्फोट भएको छ । बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित भीमनगरमा घोल खेत नजिकै कुलोमा टायर राखेर ग्यास सिलिण्डर पड्काएको हो । यस्तै कालिका नगरपालिका–८ स्थित कालिका मन्दिर नजिकै रहेको कयर खोलामा राखिएको सिलिण्डर ग्यास पनि पड्किएको छ ।

खैरहनी नगरपालिका–३ चैनपुरस्थित लदरी खोला नजिकै खेतमा ग्यास सिलिण्डर राखिएकोमा पड्कन नपाएको रेग्मीले बताउनुभयो । बन्दको प्रभाव जिल्लामा परेको छ । बिहानैदेखि ठूला सवारी साधन चल्न सकेका छैनन् भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन् । साना सवारी साधन म्याजिक, भ्यान, अटोे रिक्सा, इ रिक्सा, मोटरसाइकल भने सञ्चालन भइरहेका छन् । राजमार्गमा चलेका सवारीलाई प्रहरीले सुरक्षा दिइ गन्तव्यमा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई