‘समाजको रुपान्तरण पढेर मात्रै हुँदैन’


– प्रेम रौले

झ्वाट्ट पत्याउन गाह्रो हुनसक्छ । एकै व्यक्ति गणक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ अनि, गैर सरकारी संस्थाको नेतृत्वसम्म । यस्ता मान्छे समाजमा विरलै पाइन्छ ।

सामाजिक कार्यको नेतृत्व जो कोहीले गर्न सक्दैन । समाजका आवश्यकता पूर्ति गर्न र आइपरेका समस्या समाधान गर्न पढेलेखेकाले भन्दा परेर जानेकाले अगुवाइ गर्ने गरेका छन् । सिङ्गो गाउँका महिला र अन्यलाई साथमा लिएर समाज परिवर्तनका लागि लामो समयसम्म काम गरेको अनुभव छ्, गौमुल गाउँपालिका ९साविकको मानाकोट गाविस–६० का जनकबहादुर रोकाया ।

दुर्गम तथा विकट क्षेत्रमा नोकरी पाउन जो कोहीलाई सजिलो छैन । त्यसैमाथि नपढेकालाई । विसं २०१९ मा मानाकोटमा जन्मेका रोकाया अहिले ५७ वर्षका भए । सानै उमेरदेखि सामाजिक कार्यमा रमाउने उनको स्वभाव हो । सानै उमेरमा आमाबुवा गुमाएका रोकायाले थुप्रै पीडा भोग्दै सामाजिक कार्यमा अग्रसर भएका हुन् ।

आमाबुबाको अवसानपछि जेठा बुबाको काखमा हुर्केका रोकायाले एसएलसी समेत उत्तीर्ण गर्न सकेनन् । विसं २०३७ सालमा एसएलसी परीक्षामा बसेका उनी २०३८ को राष्ट्रिय जनगणनामा ६ महीना गणकका रुपमा काम गरे । त्यस अवधिमा गाउँगाउँ गएर घरधुरीको तथ्याङ्क सङ्कलन गरे ।

त्यसपछि दहकोट गाउँ पञ्चायतको तल्लो दुगुनमा रहेको विद्यालयमा शिक्षकको जागीर खाए । एक विद्यालयमा पढाएको ६ महिना पुग्ने बित्तिकै अन्यत्र सरुवा गर्ने कार्यले कायल भएका उनी २०३९ सालमा अवकाश हुनुअघि नै राजीनामा दिए । राजनीतिक खिचातानीले बाध्य भएर जागीर छोडेको सामाजिक अभियन्ता रोकायाले बताए ।

त्यसपछि घर बनाए र एक हजार ३०० रुपैयाँ ऋण लाग्यो । साहुको पैसा तिर्न गाह्रो हुने भएपछि २०४५ सालमा डोटीमा ग्रामीण स्वास्थ्य कार्यकर्तामा आवेदन दिएर जागीर खान थाले । तोली गाउँ पञ्चायतमा रहेको तोली स्वास्थ्य चौकीमा काम गर्दै २०४७ सालमा अवकाश भए र त्यसपछि बेरोजगार भइबसे ।

घरमै बसेका बेला २०४८ सालमा गाउँमा केयर नेपाल नामक गैर सरकारी संस्था आयो । उक्त संस्थाले गाउँमा सामुदायिक विकास संस्था खडा ग¥यो जसको वडा सचिव हुँदै गाविसस्तरको अध्यक्षसम्म बने रोकाया ।

उनी भन्छन् – “समाज रुपान्तरण गर्न पढेर मात्रै हुँदैन, परेर पनि समाजको परिवर्तन गर्न सम्भव छ ।”

सामुदायिक संस्थाको नेतृत्वसँगै २०४९ सालमा प्रजातन्त्रको पुनःबहालीपछि चुनाव लडे । सामाजिक कार्यमा समर्पित रहने वाचा  गरेका उनी तत्कालीन मानाकोट गाविसका अध्यक्षमा चुनिए पनि । 

विसं २०७३ मा जिल्ला प्रशासन कार्यालयमा सामुदायिक विकास संस्थालाई औपचारिक रुपमा बाजुरामा गिफ्ट नामक गैर सरकारी संस्थाको रुपमा दर्ता गराए । संस्थाले वैधानिक रुप पाएपछि उक्त त्यसको संस्थापक अध्यक्ष भएर सात वर्षसम्म काम गरे । संस्थामार्फत प्रौढ शिक्षा, स्वास्थ्य र सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालन भइआएका छन् ।

आफ्नो संस्था राज्य नपुगेका ठाउँमा विकास निर्माण कार्य गर्ने र समाजलाई दिशा निर्देश गर्ने गैर सरकारी संस्था भएको उनी बताउँछन् ।

“सही नेतृत्व गर्न सके मात्र समाज सही दिशातर्फ अघि बढ्छ, अन्यथा समाजको अवस्था जस्ताको तस्तै रहन्छ,” उनी भन्छन् । स्थानीय सरकारले समाजलाई परनिर्भरताभन्दा आत्मनिर्भरतातर्फ डो¥याउने योजना अघि सार्न जरुरी रहेको रोकाया बताउँछन् ।

 लाल बहादुर ओली अर्का अभियन्ता हुन् जो समाज रुपान्तरणमा एक दशकअघिदेखि लागिपरेका छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका ओली साविकको आटिचौर गाविस–६ ओली गाउँमा अहिले  महिला, बालबालिका, शिक्षा, स्वास्थ्य र न्यायका क्षेत्रमा वकालत गर्दै आइरहेको संस्थाका संस्थापक अध्यक्ष छन् । 

रोकाया र ओली जस्तै महिला मात्र आवद्ध रहेको सहकारी संस्था सञ्चालन गर्दै आएकी छन् जुना दानीले । सहकारीमार्फत सञ्चालन भएको महिला विकास मञ्च नामक गैर सरकारी संस्थाको सल्लाहकार समितिको उनी अहिले संयोजक रहेकी छन् ।
हिंसामा परेका, पिछडिएका, दुर्गम क्षेत्रका महिलाको सशक्तीकरणमा जुट्दै आएकी उनी परिवर्तन ल्याउन ग्रामीण महिलाहरु एक भएर अघि बढ्नुपर्ने धारणा राख्छिन् ।

प्रतिक्रिया दिनुहोस  
आज सरस्वती पूजा

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ। यस अवसरमा

२०७८ माघ २ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष–  आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । वृष– यात्रामा

महाधिवेशनले एकताबद्ध एमालेको सन्देश दिनेछ ः अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष, नेकपा एमाले

नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य १०औं महाधिवेशनबाट एकताबद्ध एमालेको सन्देश दिने बताउनुहुन्छ । नेतृत्वले फराकिलो

स्वास्थ्य समस्याको कारण अध्यक्ष ओलिले राजनीतिक प्रस्ताव पुरै वाचन गर्न नसकेपछि पोखरेललाई जिम्मा

काठमाडौं  : नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई