ड्रग्स, सेक्स र गालीले थेगेको अभिव्यक्तीको स्वतन्त्रता !


तस्विर स्रोत: गुगल

गायकद्वय दुर्गेश थापा र समिर घिसिङ उर्फ भिटेनले गितमा आपत्तीजनक शब्द प्रयोग गरेको भनि उजुरी परेपछि अनुसन्धानको लागि नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो। गायकद्धयले (छुट्टाछुट्टै घटनामा) गितमा भएको आपत्तीजनक शब्द हटाउन सहमत भएपछि दुबैलाई प्रहरीले छोडिदिएको छ। गायकद्वयलाई प्रहरीले नियन्त्रणमा लिएसंगै फेरी एकपटक अभिव्यक्तीको स्वतन्त्रताको विषयमा सामाजिक सञ्जालमा बहस शुरु भएको छ।

सिद्धान्ततय देशका प्रत्येक नागरिकले विना रोकटोक, विना कसैको डरत्रास आफ्नो विचारलाई अभिव्यक्त गर्न पाउनु पर्छ। तर समाज सिद्धान्त सँगसँगै व्यवहारिक मान्यताले चल्दछ। जसलाई सामाजिक मुल्य मान्यता, मानवअधिकारका सर्वमान्य सिद्धान्तले निर्देशित गरेको हुन्छ। त्यसैले गर्दा नेपालको संविधानले अभिव्यक्तीको स्वतन्त्रतालाई मौलिक हक मानेता पनि जाति, समुदाय, धर्म विचको सदभावलाई खलल पुर्याउने, कुनै लिङ्ग विशेष, जाति विशेष, शारिरिक रुपमा अशक्तलाई होच्याउने, हियाउने कार्यलाई दुरुत्साहन गर्दै यस्ता कार्य माथि मनासिव प्रतिवन्ध लगाउने अधिकार दिएको छ। संविधानको उक्त धाराको अध्यायनबाट के स्पष्ट हुन्छ भने अभिव्यक्तीको स्वतन्त्रता नागरिकको हक, अधिकार भएता पनि यो अधिकारको प्रयोग जिम्मेवारीसंग गाँसिएको हुन्छ। अर्थात अभिव्यक्तीको स्वतन्त्रता र सामाजिक दायित्वको सम्बन्ध अन्तरनिहित छ।

गायक थापाको गितमा प्रतिवन्धित लागु पदार्थ गाँजा (गाँजा सेवन हानिकार हो होइन भन्ने विषयमा विश्वभरि नै बहसको विषय बनेको छ भने कतिपय देशलाई निश्चित मात्रामा गाँजा सेवनलाई गैरकानुनी मानेका छैनन्। नेपालमा अहिले सम्मपनि गाँजा सेवनलाई कानुनको नजरमा अपराध मानिएको छ।) सेवनलाई प्रोत्साहित गरेका छन भने भिटेनले गाँजा सेबनका साथसाथै महिलालाई सेक्स अब्जेक्टको रुपमा प्रस्तुत गरेका छन, बलत्कारको महिमामण्डन गर्न खोजेका छन। त्यसैले प्रश्न उठ्छ यसरी लागु औषद र नारी हिंसा र बलत्कार जस्ता जघन्य अपराधको महिमामण्डन गरिएको गितहरु अभिव्यक्तीको स्वतन्त्रता भित्र पर्छन कि पर्दैनन्?

गोराहरुको विभेद विरुद्धमा अश्येत युवाहरुको बगावतबाट र्याप संगितको जन्म भएको हो। त्यसैले आफुलाई प्रगतिशिल कित्ता भित्र राख्न मन पराउने विद्वानहरुको तर्क र्याप संगित भनेको अन्याय विरुद्धको आवाज हो, यस्का शब्द यस्तै हुन्छन, त्यसैले सामाजिक मुल्य मान्यताको खोल ओडाउनु हुँदैन। प्रगतिशिल विद्वानहरुको यस्तो काइते तर्क सुन्दा यस्तो लाग्छ गाली गलौच, सेक्स, ड्रग्स, नारी हिंसा, बलत्कारको महिमामण्डन नगरि अन्यायको विरुद्ध आवाज उठाउन सकिदैन।

साउथ फ्लोरिडा विश्वविद्यालयले गरेको एक अध्यायन अनुसार करिब ८२ प्रतिशत सहभागीले हिपहप संगितको प्रभाव परेर लागु औषधको प्रयोग गरेको पाएको थियो। त्यसैले गित संगितको प्रभाव कलिला बच्चाहरुमा पर्दैन भन्ने नसक्ने अवस्था छ। तर हामी एकातिर आफ्ना बालबच्चालाई सानालाई स्नेह र ठुलालाई आदर गर्नु पर्छ भन्ने सिकाउँछौं भने अर्को तिर गालीगलौच गरेका संगितलाई अभिव्यक्तीको स्वतन्त्रता भन्दै सर्मक्षण गर्दैछौं। एकातिर नारीलाई सम्मान गर्नु पर्छ भनेर आफ्ना बावुनानीलाई सिकाउँछौं भने अर्को तिर नारी हिंसा, बलत्कारको महिमामण्डल गरिएको, नारीलाई सेक्स अब्जेक्टको रुपमा प्रस्तुत गरिएका गितलाई अभिव्यक्तीको स्वतन्त्रता भन्दै यस्ता गितको बचाउमा खडा हुन्छौं। हामीले अब विचार गर्ने बेला आएको छ कि त आफ्ना सन्ततीलाई समाजिक मुल्य मान्यता बारेमा प्रवचन दिन छाडौं, कि त ड्रग्स, सेक्स र गाली गलौच भरिएका गितलाई अभिव्यक्ती भन्दै आड भरोसा दिन बन्द गरौं।

प्रतिक्रिया दिनुहोस  
यस्ता हर्कतले हामीलाई बनाउने कङ्गाल नै हो

नेपाल पनि श्रीलङ्का जस्तै त हुदैन भनेर चासो ब्यक्त गर्नेहरू बढेको देखिदै छ। यो अनुमान

जनताको बहुदलीय जनवादका तीन आयाम

मदन भण्डारी लामो समय बाँच्न पाउनु भएन । ४१ वर्षको उमेर एउटा व्यक्तिको सिङ्गो जीवनको

समाजवादको आधार निर्माणका चुनौतीहरू

शङ्कर पोखरेल स्थायी कमिटी सदस्य नेकपा एमाले नेपालमा सामन्ती राजतन्त्र समाप्त भएको परिप्रेक्ष्यमा नेपाली समाजको

एमाले बन्नु भनेकै मुलुक बन्नु हो

घनश्याम भुसाल उपमहासचिव नेकपा (एमाले) महाधिवेशनको व्यवस्थापकीय तयारीको कुरा गर्दा सबैले बुझ्छन् कि एमालेले आफ्नो

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई