कुखुराको मासु ७० डिग्री सेन्टिग्रेडसम्म पकाउन सुझाव


खलङ्गा, ५ वैशाख: भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लाले जिल्लामा बर्ड फ्लु रोगका बारेमा जानकारी गराएको छ । बर्ड फ्लु रोग नियन्त्रण कार्यशाला गोष्ठी गरी बर्ड फ्लु रोगका बारेमा जानकारी गराइएको हो । बर्ड फ्लुको असर जुम्लामा पनि पर्न सक्ने भएकाले यसबाट बच्न गोष्ठीे आयोजना गरिएको पशु प्राविधिक नरसिंह थापाले बताउनुभयो ।

जिल्लामा विभिन्न सडकखण्ड हँुदै भित्रिने कुखुरा, अण्डा र चल्लालाई नियन्त्रणका लागि सतर्कता अपनाइएको उहाँको भनाइ थियो । स्थानीय भेटेरिनरी अस्पतालका प्रमुख गोविन्दबहादुर महतले कुखुराको मासु ७० डिग्री सेन्टीग्रेड तापक्रम पुग्ने गरी पकाएमा जनस्वास्थ्यका लागि सुरक्षित हुने तर नपकाई प्रयोग गरिने सलाद, हरियो तरकारीसँग कुखुराको मासु लसपस हुन सक्ने भएकाले यसबाट सजग हुन आग्रह गर्नुभयो ।

प्रजिअ दुर्गा बञ्जाडेले सो कार्यक्रममा गाउँगाउँमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सीताराम रिजालले नाका नाकामा पनि कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यशालामा जुम्ला जिल्लालाई उक्त रोगको प्रकोपबाट बचाउन सरोकार पक्ष सबैले उच्च सतर्कता अपनाउनुपर्ने तथा स्थलगत तथा हवाई मार्गबाट जिल्लामा भित्रिने पन्छी तथा पन्छीजन्य पदार्थको निगरानीका लागि स्थानीय तहमा कार्यरत प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जुम्लासँग समन्वय हुने गरी इलाका प्रहरी चौकी रारालिही र विमानस्थलमा सुरक्षा निकायलाई परिचालन गरिनुपर्नेमा जोड दिइएको थियो । ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई