‘ताण्डवन्यूज डटकम’का सम्पादक लाई पक्राउ गर्नु दुःखद् घटना : मन्त्री बाँस्कोटा


काठमाडौँ, ५ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्युतीय कारोवार ऐन खारेज गरी नयाँ प्रेस कानूनद्वारा प्रेस स्वतन्त्रताको पूर्ण सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पत्रकारहरुले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गरिरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले सो कुरा बताउनुभएको नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्को एक प्रतिनिधिमण्डलसँग आज भएको भेटका क्रममा मन्त्री बाँस्कोटाले पछिल्लो पटक ‘ताण्डवन्यूज डटकम’का सम्पादक अर्जुन गिरीलाई पक्राउ गर्नु दुःखद् घटना भएको बताउनुभयो ।

सोही अवसरमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रकाशित र प्रसारित समाचारको विषयलाई लिएर पत्रकारलाई विद्युतीय कारोवार ऐनअन्तर्गत पक्राउ गर्न नहुने बताउनुभयो ।

महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको जनाउँदै उक्त दफा खारेजीको माग गर्दै मन्त्री बाँस्कोटा समक्ष ज्ञापन पत्र समेत प्रस्तुत गरेको छ । महासङ्घले गृह मन्त्रालयमा समेत ज्ञापन–पत्र बुझाएको छ । –––

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई