मेलम्चीको पानी छिट्टै आउछ : मन्त्री बिना मगर


काठमाडौं । खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकामा खानेपानीको समस्या हल गर्न योजनाबद्ध ढंगले लागिरहेको बताउनुभएको छ ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड) को १४ औं वार्षिकोत्सव समारोहलाई उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्था सहज बनाउन गम्भीर भएर लागेको बताउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भन्नुभयो, ‘मेलम्चीको समस्या धेरै दिन रहँदैन । काठमाडौंमा मेलम्चीको पानी ल्याउने मात्रै ठूलो कुरा होइन । यसको वितरण र व्यवस्थापन गर्नुपर्ने सबैभन्दा ठूलो चुनौति छ, यसका लागि मन्त्रालय अन्तर्गतको बोर्ड, केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) लगायतका निकायहरु लागिरहेका छन् ।’
जनताको अपेक्षा धेरै भएकाले सबै जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन मन्त्रालय योजनाबद्ध ढंगले अघि बढिरहेको उहाँले बताउनुभयो । भ्याली बोर्डले गरेको काम प्रति प्रशंसा गर्दै मन्त्री मगरले बोर्डलाई अझ सशक्त ढंगले अघि बढ्न निर्देशन समेत दिनुभयो । वार्षिकोत्सव समारोहमा बोर्डको परिसरमा रहेको पोखरीमा माछा हालेर र बेलुन उडाएर उहाँले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले सन् २०३० सम्ममा प्रशोधन सहितको उच्च र मध्यमस्तरको खानेपानीको सेवा ९० प्रतिशत पु-याउन सरकार लागिरहेको जानकारी दिनुभयो । सचिव शर्माले भन्नुभयो, ‘ उच्च र मध्यमस्तरको खानेपानीको सेवा २० प्रतिशतले मात्रै पाईरहेका छन् । दीगो विकासका लक्ष्यहरु पुरा गर्नुपर्ने दायित्व हामीसँग छ । ९० प्रतिशत जनतालाई प्रशोधन सहित खानेपानीको पहुँच पु-याउन खर्बौं रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ । हामी योजना बनाएर अघि बढिरहेका छौं ।’
भ्याली बोर्डका अध्यक्ष एवं मन्त्रालयका सहसचिव तेजराज भट्टले काठमाडौं उपत्यकामा खानेपानी तथा ढल व्यवस्थापनका लागि गुरु योजना बनाईरहेको जानकारी दिनुभयो । उपत्यका भित्र रहेका पोखरी, ढुंगेधारा र तालतलैयाहरुको संरक्षण र सम्बद्र्धनका लागि बोर्ड योजना बनाएर अघि बढिरहेको सहसचिव भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई