अनलाइन शेयर कारोबार आजबाट, “पर्ख र हेर” को रणनिती अपनाउन विज्ञहरुको सुझाब
काठमाडौं, नेप्सेले दिएको जानकारी अनुसार आज कार्तिक २० गते देखि शेयर कारोबार पुर्णरुपले अनलाइन हुनेछ। शेयरको अनलाइन कारोबार आए संगै शेयर मार्केटमा सुधार आउने भन्दै बजारमा हल्ला चलेकोमा विज्ञहरुले लगानीकर्तालाई “पर्ख र हेर” को रणनिती अपनाउन सुझाव दिएका छन। अनलाइन कारोबार शुरु हुनु आफैमा एक ऐतिहासिक उपलब्धी हो, यसले शेयर कारोबारलाइ पारदर्शी र कम झन्झटिलो बनाउदै शेयर बजारमा सुधार ल्याउन मद्दत गर्नेमा दुइ मत नरहेको भएता पनि अनलाइन कारोबार शुरु भएकै आधारमा हौसिएर हल्लाका भरमा लगानी नगर्न उनीहरुले सुझाव दिएका छन। पछिल्लो समयमा विभिन्न हल्लाहरु फैलाएर नाफा कमाउन सकृय समुह अनलाइन कारोबार शुरु भए यता हल्ला फैलाएर फाइदा लिने तर्फ सकृय हुन सक्ने आशंका रहेको भन्दै हल्लाको भरमा लगानी नगरि कम्पनीको वित्तिय विवरण, कम्पनीको “प्रोफाइल” हेरर मात्र लगानी गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन।