जिल्ला प्रशासनमा हतियार बुझाइयो


विराटनगर, ६ वैशाख : मोरङ जिल्ला प्रशासन कार्यालय विराटनगरमा बिहीबारसम्ममा विभिन्न १७ थान हात हतियार बुझाइएको छ । गृहमन्त्रालयको निर्देशनबमोजिम हातहतियार बुझाउने बिहीबार अन्तिम दिनसम्ममा उक्त हतियार बुझाइएको हो ।

गृह मन्त्रालयले विसं २०७५ चैत १ गतेदेखि ३५ दिने सूचना निकालेर विभिन्न हातहतियार बुझाउन निर्देशन गरे बमोजिम उक्त हतियार बुझाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले बताउनुभयो । बुझाइएका हातहतियारमा भरुवा बन्दुक र दुईनाले बन्दुक रहेको सहायक प्रजिअ ओलीले जानकारी दिनुभयो ।

मोरङका जिल्ला प्रहरी कार्यालय मोरङ, उर्लाबारी, बेलबारी लगायतका सुरक्षा निकायका कार्यालयमा हातहतियार बुझाइएको छ । मोरङ जिल्लामा ७२३ जनाको नाममा हतियार दर्ता रहेको र म्यादभित्र २१७ वटा मात्र नवीकरण भएको जिल्ला प्रशासन कार्यालय मोरङका नायब सुब्बा तुलसीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

नेपाल सरकारको निर्णयबमोजिम एकपटकलाई नवीकरण नगरेका र अवैधरुपमा रहेका हातहतियार बुझाउनलाई निर्देशन दिइएको सहायक प्रजिअ ओलीले बताउनुभयो । समयभित्र नबुझाइएका हातहतियार भेटिएमा कानूनअनुसार कारवाही गरिने पनि उहाँले जानकारी दिनुभयो ।
(रासस)

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई