बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु


लिस्बन, ६ बैशाख (रासस-एएफपी) – पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खवर आएको ट्वीट गर्नुभएको छ ।

उहाँले घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष रहेका अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी अरु २१ जना घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घटनाप्रति पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीले पनि दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपति मार्सेलो रोबेलो डी सौसाले पोर्चुगाली टेलिभिजनमा बोल्दै घटनाका पीडितहरुको साथमा आफू रहेको बताउनुभएको छ । उहाँले आफू घटनास्थलमा पनि पुग्ने जानकारी दिनुभएको छ । त्यसैगरी प्रधानमन्त्री एन्टोनियो कोस्टाले ट्वीट गर्दै जर्मन चान्सलर एङ्गेला मर्केलप्रति सहानुभूति व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई