टोयोटा र सफ्टबैंकले उबेरमा एक अर्ब डलर लगानी गर्ने घोषणा


टोकियो, ६ बैशाख : जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छन् ।

टोयोटाले यसअघि नै उबेरमा ५० करोड डलर लगानी गरिसकेको छ । गुगलको स्वामित्वमा रहेको वाइमो र अरु प्रमुख कार निर्माता कम्पनीहरुले पनि चालकबिहिन कार निर्माणलाई तिब्रता दिएका छन् । पछिल्लो लगानी उबेरको स्वामित्वमा रहेको एडभान्स्ड टेक्नोलोजिज ग्रुपमा हुनेछ । यस समूहले स्वचालित र चालकबिहिन कार निर्माणको आधार तयार गर्नेछ, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कूल एक अर्ब डलर लगानीमध्ये कारका पार्टपूर्जा निर्माता डेन्सो सहित टोयोटाका तर्फबाट ६६ करोड ७० लाख डलर र सफ्टबैंकका तर्फबाट ३३ करोड ३० लाख लगानी हुनेछ । उबेरमा यसअघि नै सफ्टबैंकको १६ प्रतिशत लगानी रहेको छ । उबेरका प्रमुख कार्यकारी डारा खोस्रोशाशीले चालकबिहिन कारले यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बताउँदै यसबाट हाम्रा सडकहरु बढी सुरक्षित र शहरहरु बस्नयोग्य हुने दाबी गर्नुभयो ।

गत साता उबेरले प्रारम्भिक शेयर जारी गर्नेसम्बन्धी कागजात अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज आयोगमा बुझाइसकेको छ । उबेरले आयोग समक्ष बुझाएको कागजातमा छ वटा महादेशमा झण्डै प्रतिदिन एक करोड ४० लाख पटक उबेरका सबारी साधन प्रयोग हुने र सन् २०१० यतामात्र १० अर्बभन्दा बढी मानिसले कार प्रयोग गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस  
भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो: अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम्दानी र खर्चको लक्ष्य भेट्न गाह्रो हुने भएकाले

नेप्से परिसूचक मंगलबार उच्च अङ्कले वृद्धि

  काठमाडौं, माघ २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार उच्च

अर्थमन्त्री बिष्णु पौडेलको एउटै निर्णयले २४ अर्ब बचत

काठमाडौं, अर्थ मन्त्रालयले वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै सरकारको आन्तरिक खर्च कटौती गर्न १४ बुँदे

गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मर्कामा

सर्लाही – गोलभेँडाको उचित मूल्य नपाएपछि हरिवनका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई