उद्योगीलाई सरकारले सहयोग गर्छ : अर्थमन्त्री


विराटनगर, ६ वैशाख: अर्थमन्त्री डा युवराज खतिवडाले उत्पादन क्षेत्रमा अधिक लगानी गरेका उद्यमी र पूर्वाधार निर्माणमा संलग्न कम्पनीलाई सहयोग गरिने बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घद्वारा आज यहाँ आयोजित आर्थिक वर्ष २०७६-०७७ को बजेट राजश्व नीति कार्यक्रम तर्जुमासम्बन्धी छलफलमा उहाँले उद्यमी र व्यवसायीलाई बैंकमा निक्षेप बढाएमा बैंकले ऋणको ब्याजदर घटाउने छ भन्नुभयो । सरकारले सम्पूर्ण अर्थतन्त्रमा उद्योगीको भागीदारी हुनुपर्छ भन्ने सोचअनुसार कार्य गरिरहेको छ भन्दै अर्थमन्त्री खतिवडाले सर्वसुलभ मूल्यमा जनतालाई वस्तु उपलब्ध गराई आन्तरिकरुपमा प्रतिस्पर्धी हुने उद्योगलाई सरकारले सशर्त संरक्षण गर्ने बताउनुभयो । प्रदेश नं १ को आर्थिक समृद्धिको ढोकाका रुपमा रहेको उल्लेख गर्दै उहाँले ठूला दुई देश जोडने ‘विराटनगर–किमाथाङ’ सडकको बाँकी सामान्य बाटो खोल्नका लागि नेपाली सेनाको प्रयोग गरिने तथा चीनतर्फको सीमा क्षेत्रमा भन्सार कार्यालय खोल्ने निर्णय भएको जानकारी दिनुभयो । सरकारले नेपाललाई विश्वका सस्ता र गुणस्तरहीन वस्तुको प्रयोगस्थल हुन नदिन चाँडै नै एन्टिडम्पिङ कानून ल्याउने बताउँदै उहाँले विश्व बजारमा सस्तो मूल्यका वस्तु धुलो दूध, घ्यू र चिनीलगायतका अन्य २० प्रकारका वस्तु आयातमा रोक्नका लागि निश्चित भन्सार मूल्याङ्कन दर कायम गरेको बताउनुभयो । सरकारले उद्योगलाई फस्टाउनका लागि कच्चापदार्थ र तयारी वस्तुमा एक तह फरक भन्सार मूल्याङ्कन कायम गरिएको बताउँदै मन्त्री डा खतिवडाले स्वदेशी उद्योग प्रतिस्पर्धी बनाउन सरकारले सदैव सहयोग गर्ने विश्वास प्रकट गर्नुभयो । वर्तमान सरकार स्थिर हो र विगत एक वर्षमा ३०० कानून निर्माण गरिएको हुनाले धैर्य गर्न आग्रह गर्दै उहाँले अर्थतन्त्र बिगार्ने गरी क्षणिक लोकप्रिय कार्यक्रम नल्याई अल्प, मध्य र दीर्घकालीन सोचले मुलुकको समग्र विकासक गर्ने उद्देश्यले कार्य गरिरहेको धारणा व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले दोहोर आर्थिक वृद्धिदर कायम गर्न स्थानीय सरकारसँगको सहकार्यबाट सम्भव हुने बताउँदै चक्रपथ निर्माण, विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र स्वास्थ्य बीमालाई रु पाँच लाख गर्नका लागि आवश्यक थप बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष किशोर प्रधान, पूर्वअध्यक्ष चण्डीराज ढकालले पुँजीगत खर्च बढाउन, बंैक ऋणको ब्याजदर घटाउन र नेपालमै औद्योगिक दक्ष जनशक्ति उत्पादनका प्राविधिक शिक्षालयको विस्तार गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई