‘सरकारले खटाएको ठाउँमा कर्मचारी जानैपर्छ’- मन्त्री पण्डित


कावासोती, ६ वैशाख: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानलाई कार्यान्वयन गर्न कर्मचारी समायोजन गरिएकाले कोही पनि कर्मचारीले खटाएको ठाउँमा जान्न भन्न नपाउने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “प्रदेश, स्थानीय तहमा जान्न, काठमाडौँ छोड्दिन भन्न कसैलाई छुट छैन ।” नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत निर्माणाधीन ओभरहेड ट्याङ्की तथा डिप बोरिङको शिलान्यास कार्यक्रममा मन्त्री पण्डितले कर्मचारी अपुग भएका कार्यालयमा अर्को व्यवस्था नहँुदासम्म करारमा भर्ना गरेर भए पनि सबै कार्यालयमा कर्मचारी पदपूर्ति गरिने बताउनुभयो ।

नेपाल सरकारको तराई–मधेश समृद्धि कार्यक्रमअन्तर्गत रु एक करोड विनियोजन गरी ओभरहेड ट्याङ्की तथा डिप बोरिङ बनाउन लागिएको हो । दुई वर्षभित्र सम्पन्न गर्ने गरेर शुक्रबारदेखि ट्याङ्की र डिप बोरिङको निर्माण शुरु गरिएको प्रगतिननगर खानेपानी तथा सरसफाइ उपभोक्ताका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो । हाल चार हजार घरधुरीले स्वच्छ खानेपानी सेवा पाउँदै आएकामा योजना सम्पन्न भएपछि थप दुई हजार घरधुरीले खानेपानीको सुविधा पाउने अध्यक्ष भुसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई