बालुवाटार जग्गा किनबेचका दोषीलाई नेपाली काँग्रेसले छोड्दैन- सभापति देउवा


पोखरा, ६ वैशाख: नेपाली कङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार जग्गा किनबेचमा गल्ती गर्नेलाई नेपाली काँग्रेसले नछाडने बताउनु भएको छ।

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं २ सार्दीखोलामा निर्मित बिपी स्मृति भवनको आज उद्घाटन गर्दै उहाँले बालुवाटार जग्गा विवादबारे स्पष्ट छानविन हुनुपर्ने बताउँदै सरकारी जग्गा किनबेच गर्नेलाई काङ्ग्रेसले नछोड्ने चेतावनी दिनुभयो । “बालुवाटारको जग्गा किनबेच भएको सुनिरहेको छु, यो कसैले किन्न बेच्न मिल्ने जग्गा होइन”, उहाँले भन्नुभयो, “गल्ती कहाँबाट भएको छ छानविन हुनुपर्छ, गल्ती गर्नेलाई काङ्ग्रेसले छोड्दैन ।”

सरकारको एक वर्षको कार्य समिक्षा गर्दै उहाँले सरकार गठनको एक बर्षमा देशमा महङ्गी भ्रष्टाचार, अशान्ति र अराजकता बढेको आरोप समेत लगाउनु भएको छ। सरकारको मनोमानी, संवैधानिक निकायमाथिको नियन्त्रण, प्रेसमाथिको नियन्त्रण लगायतका विरुद्धमा लाग्नुपर्ने धारणा राख्दै उहाँले पार्टी एकताबद्ध भएर सरकारका गलत कामको विरुद्ध लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले काङ्ग्रेस एकताबद्ध बन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । अर्का केन्द्रीय सदस्य धनराज गुरुङले बढ्दो महङ्गी, अराजकता आदिका कारण नेपाली जनता आक्रान्त बनेको बताउँदै नेपाली जनताका हरेक समस्या समाधानमा काङ्ग्रेसले सधँै हातेमालो गर्दै आएको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसी, महिला नेत्री टेकनशोभा गुरुङ, गणेश आचार्य, माधव आचार्यलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो । काङ्ग्रेसको वडा एकाइ कार्यालयको भवन बनाउनेमा सार्दीखोला वडा एकाइ नेपालमा नै पहिलो बनेको छ । करीब रु ९० लाखको लागतमा भवन निर्माण भएको वडा सभापति गुञ्जमान गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई