राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा नाचको अवलोकन


भक्तपुर : राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरमा नवदुर्गा भवानीको पूजा अर्थात् द्यौ बोयकेगु, नवदुर्गा नाच र मौलिक हस्तकला प्रर्दशनीको अवलोकन गर्नुभएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घले भक्तपुर जिल्ला प्रशासन कार्यालय परिसरमा आयोजना गरेको प्रर्दशनीको उहाँले अवलोकन गर्नुभएको हो । नवदुर्गा देवगणले प्रस्तुत गरेको तान्त्रिक विधि एवं शक्ति स्वरुप नवदुर्गा नाचअन्तर्गत मंगलसिद्धि नाच र गणेश नाचको अवलोकन गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले स्थानीय हस्तकलाका सामग्रीको समेत अवलोकन गर्नुभएको थियो । उहाँले त्यस क्रममा भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिर परिसरको अवलोकन गर्नुभएको छ । उहाँले देवगणलाई दक्षिणा दिनुको साथै नवदुर्गा नाच सञ्चालनका लागि स्थानीयवासीले गरिएको अक्षयकोषमा जिल्ला समन्वय समितिले उपलब्ध गराएको रु १५ लाख र भक्तपुर उद्योग वाणिजय सङ्घले उपलब्ध गराएको रु पाँच लाख गरी कूल रु २० लाख अक्षयकोष स्थापनाको लागि हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद महेश बस्नेतले अवलोकनमा उत्पादनबारे जानकारी गराउनुभएको थियो । सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले कार्यक्रम बारेमा र इतिहासविद् डा पुरुषोत्तम लोचन श्रेष्ठले नवदुर्गा नाचको शक्ति र महत्वबारे जानकारी गराउनुभएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई