नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १५ औँ स्थानमा


काठमाडौँ,  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १५ औँ स्थानमा रहन सफल भएको हो । अघिल्लो महीनापछि नेपाल १५औँ स्थानमा रहेको थियो । 

नेपाल गत महीनाबाट आइसिसीको वरियतामा पर्न थालेको हो । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एक दिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा समावेश भएको हो । उक्त सिरिज नेपालले २–१ ले जितेको थियो । 

यसैगरी टी–२० वरियतामा भने नेपाल १४औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा इङ्गल्याण्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । चौथोमा दक्षिण अफ्रिका र पाँचाँैमा अष्ट्रेलिया रहेको छ । 

एक दिवसीय क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भारतका कप्तान विराट कोहली यथावत् रहेका छन् । यस्तै भारतकै रोहित शर्मा दोस्रो, न्युजिल्याण्डका रोस टेलर तेस्रो, दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विण्टन दी कक चौथो तथा दक्षिण अफ्रिकाकै कप्तान फाफ डुप्लेसिस पाँचौँ स्थानमा रहेका छन् । 

अलराउण्डरतर्फ अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा रहँदा बङ्गलादेशका शकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, पाकिस्तानका मोहोमद हफिज चौथो र न्युजिल्याण्डका मिचेल स्टाननर पाँचौँ स्थानमा रहेका छन् । आइसिसीले प्रत्येक महीना ती देशहरुले खेलेका प्रतियोगिताका आधारमा अङ्क निर्धारण र वरियता सार्वजनिक गर्नेगर्दछ । 

प्रतिक्रिया दिनुहोस  
नेपाललाई टि२० विश्वकपमा पुग्न युएई दियो १७६ रनको लक्ष्य

काठमाडौं फागुन १० :ओपनर मोहम्मद वासिम र विकेटकिपर वृत्य अरविन्दले उत्कृष्ट ब्याटिङसँगै युएईले आइसिसी टि२०

नवलपुरमा राष्ट्रिय भेट्रान्स कप फुटबल सुरु   

नवलपुर, २० पुस (रासस) : नेपालीहरूको महान् पर्व माघेसङ्क्रान्तिको अवसर पारेर नवलपुरमा राष्ट्रिय भेट्रान्स फुटबल

कर्णाली प्रदेश सरकारले खेलाडीद्वय सुनमाया र विष्टलाई पुरस्कार दिने   

कर्णाली, २० पुस (रासस) : कर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ

कर्णालीका दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गरिने   

कर्णाली, १९ पुस (रासस) ः कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्वपूर्ण भूमिका

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई