नेकपा एकता प्रक्रिया टुंगियो


काठमाडौं : नेकपाको एकता प्रक्रियाले पूर्णता पाएको छ । टुग्गिएको एकता प्रक्रियालाई आज साँझ बस्ने सचिवालय बैठकले अनुमोदन गर्ने बताइएको छ ।

आज बस्ने सचिवालय बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रुप दिई भोलि एकता प्रक्रियाको सम्पूर्ण विषय टुंग्एिको घोषणा गर्ने तयारी नेकपाले गरेको छ ।

पार्टी एकताको सम्पूर्ण काम टुंग्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गरिएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुंगिएका विषयलाई सचिवालयले अनुमोदन गर्ने बताए । ‘३ महिनाभित्रै एकताको काम सक्ने भनेका थियौं, अहिले झण्डै १२ महिना भइसकेको छ,’ प्रचण्डले भने, ‘अब एकता टुंगियो । यसमा कुनै शंका नलिन अपिल गर्दछु ।’

आज बिहान बालुवाटारमा नेकपाका दुई अध्यक्ष ओली, प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच भएको यही बिषयमा छलफल भएको थियो ।

सोही सहमति अनुसार साँझ सचिवालय बैठक बस्ने छ । सचिवालय बैठक अघि अध्यक्षद्वय ओली र प्रचण्डबीच अहिलेसम्म भएका सहमतिका विषयलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । दुई अध्यक्षको छलफलपछि सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई