शेयर बजारमा उछाल, एकै दिन बढ्यो ३२ अङ्क


काठमाडौँ, ८ वैशाख (रासस) : शेयर बजारले लय समातेको छ । नयाँ वर्षको शुरुआतसँगै आफ्नो गति समातेको बजारमा आज करीब ३२ अङ्कको सुधार देखिएको छ । कारोवार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० विन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने संवेदनशील परिसूचक ७.८४ विन्दुले बढेर २७३.४१ विन्दुमा पुगेको छ । कारोवार रकमसमेत आज अर्बमाथि पुगेको छ । स्टकका अनुसार कूल १७१ कम्पनीको ३३ लाख ७५ हजार १५३ कित्ता शेयर रु एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७३२ मूल्यमा खरीद–बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई रु १५ खर्बमाथि पुगेको छ । कारोवार भएका कूल १० उपसमूहमध्ये दुई उपसमूहको मात्रै शेयर घटेको छ । त्यसमा निर्जीवन बीमा ७.२२ र उत्पादन ११.९२ विन्दुले घटेका छन् । बैंकिङ ४५.९४, होटल ३४.८, विकास बैंक १६.९७, जलविद्युत् ८.८७, वित्त २.१३, अन्य ९.७, लघुवित्त २६.९१ र जीवन बीमा २२.२५ विन्दुले बढेका छन् । स्टकका अनुसार कारोवारका आधारमा आज वाणिज्य बैंक नै शीर्ष स्थानमा रहेका छन् । नेपाल बैंक लिमिटेडको रु १४ करोड ९४ लाख ५१ हजार ६५४, एनआइसी एशिया बैंक रु चार करोड ६० लाख ७६ हजार ९१, एनसिसी बैंक रु चार करोड ३१ लाख ३६ हजार ६६३, नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड दुई लाख १२ हजार ८६१, सिभिल बैंक रु तीन करोड ९४ लाख ६२ हजार १२ बराबरको कारोवार भई शीर्षस्थानमा रहेका छन् । स्टकका अनुसार आज स्ट्याण्र्डड चार्टड बैंकका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । नेपाल एसबिआई बैंक ९.८९, स्वदेशी लघुवित्त वित्तीय संस्था ९.८६ हिमालयन बैंक ९.०२, अरुण काबेली पावरका शेयरधनीले ८.५९ प्रतिशतले कमाए । यस्तै वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.१६ प्रतिशतले गुमाउँदा नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.०४, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.३३, नबिल इक्विटी फण्डका लगानीकर्ताले ३.११ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस  
वरिष्ठ कलाकार हरिवंश आचार्य कार निर्माता कम्पनी बिवाइडीका ब्राण्ड एम्बेसडर

  चीनमा निर्मित विश्वप्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी बिवाइडीसँग जोडिनुभएको छ । बिवाइडी कम्पनीको नेपालस्थित

बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार पनि विदा हुने भएको छ । नेपाल राष्ट्र

एमालेका तीन पूर्वअर्थमन्त्रीले गरे सरकारी आर्थिक अराजकताको भण्डाफोर, यस्तो छ १२ बुँदे तथ्य (पूर्णपाठ)

काठमाडौं, चैत २७ गते। पूर्वअर्थमन्त्रीत्रयले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको

पेट्रोलियम व्यवसायीहरुद्वारा संस्थागत माग पूरा गर्न सामूहिक दबाब

काठमाडौं । पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई