भर्खरै जन्ती लिएर आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ,सात जना घाइते

बझाङ, ८ वैशाख : खप्तड छान्ना गाउँपालिका– ४ बाट जयपृथ्वी नगरपालिका सुवेडातर्फ जन्ती लिएर आउँदै गरेको से१ज ७१८ नंको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।
खप्तड छान्ना गाउँपालिका– २ को बाँसपाटामा भएको दुर्घटनामा परी खप्तड छान्ना गाउँपालिका– ४ का ६० वर्षीय वासुदेव जोशीको मृत्यु भएको स्थानीयवासी केशवराज जोशीले जानकारी दिनुभयो । दुर्घटनामा परी चालकसहित सात जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । नेटाकाँटीयाबाट चैनपुरतर्फ जन्ती बोकेर आउँदै गरेको जीप दुर्घटनामहा परेको हो । जीप सडकबाट भीरमा खसेको थियो । (रासस)