नेकपाले जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगायो


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुङ्गो लगाएको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठले भन्नुभयो, “बैठकले नेकपाका ७७ वटै जिल्लाको नेतृत्वको टुङ्गो लगाएको छ, अहिले अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ, बाँकी पार्टीको स्थापना दिवसका अवसरमा टुङ्गो लाग्नेछ ।” उहाँका अनुसार जनवर्गीय सङ्गठनको नेतृत्व र पोलिटब्यूरो सदस्यको नामावली भने टुङ्गिन बाँकी छ । केही दिनभित्र त्यो पनि पूरा निष्कर्षमा पुग्ने उहाँले बताउनुभयो । बैठकअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीका नेता माधवकुमार नेपाल र पार्टीका महासचिव विष्णु पौडेलले पार्टीको एकता प्रक्रियालाई टुङ्याउने विषयमा गहन छलफल गर्नुभएको थियो । बैठकले कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा सोमबार प्रज्ञा भवनमा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई