राष्ट्रिय हित विपरित हुने गरि कुनै पनि मुलुकसंग सहायता नलिने : परराष्ट्रमन्त्री

काठमाडौ, १० वैशाख : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय हित विपरित हुने गरि कुनै पनि मुलुकसंग सहायता नलिने स्पष्ट पार्नुभएको छ ।
सोमबार काठमाडौमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले सरकारले राष्ट्रिय हित विपरित कुनै अनुदान वा सहायता नलिने बताउनुभएको हो ।
उहाले पछिल्लो समय अन्य मुलुकहरुसंगको सम्बन्ध सुमधुर हुदै गएको बताउँदै सरकार सवैसंग मित्रताभाव राखेर अघि बढिरहेको धारणा राख्नुभयो ।