गोप्य दस्ताबेज राखेको आरोपमा जेल सजाय पाएका पत्रकारको अपिल खारेज


नेपिढ, म्यान्मार, १० बैशाख: म्यान्मारको सर्वोच्च अदालतले दुई जना पुलित्जर पुरस्कार बिजेता रोयटर्स समाचार संस्थामा आबद्ध पत्रकारको पछिल्लो अपिल पनि खारेज गरेको छ ।

रोहिङ्ग्या सङ्कटको रिपोर्टिङका बारेमा गोप्य सूचना सङ्कलन गरेको भन्दै म्यान्मार सरकारले उनीहरुलाई सात वर्षको जेल सजाय दिएको छ । सरकारी गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका पत्रकारहरु ३३ वर्षीय वा लोन र क्या सो ऊ अद्यापी जेलमै छन् । सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै अब जेलमुक्त हुन उनीहरुलाई राष्ट्रपतिले माफी दिन सक्ने बाटो बाँकी छ ।

उनीहरुमाथि द्वन्द्वग्रस्त राज्य राखिनमा सैनिक कार्यबाहीसँग सम्बन्धित गोप्य दस्ताबेज राखेको आरोप छ । राखिन राज्यमा सेनाको चरम दमनबाट सात लाख ४० हजारभन्दा बढी मुस्लिम समुदायका मानिसहरु रातारात बंगालदेशतर्फ पलायन भएका थिए । पत्रकारका समर्थकहरुको भनाईमा सन् २०१७ को सेप्टेम्बरमा राखिन राज्यमा १० जना रोहिङ्ग्या मुस्लिमको चरम दमन र आमहत्यामा म्यान्मार सेनाको संलग्नताको प्रमाण उनीहरुसँग रहेको छ ।

प्रतिक्रिया दिनुहोस  
मोरक्कोमा शक्तिशाली भूकम्प, कम्तीमा २९६ जनाको मृत्यु

मध्य मोरक्कोमा गएको ६.८ म्याग्निट्यूडको भूकम्पका कारण कम्तीमा २९६ जनाको ज्यान गएको त्यहाँको आन्तरिक मामिला

अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई