भन्सार छलेर ल्याउदै गरेको सात लाख मुल्य बराबरका कपडा बरामद
काठमाडौँ, १० वैशाख: नेपाल प्रहरीले ठूलो परिणाममा भन्सार छलेर ल्याएको कपडा बरामद गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले आज बिहान बुटवलबाट काठमाडौँ आउँदै गरेको लु २ ख २०११ नं को यात्रुबाहक बस जाँचका क्रममा रु सात लाख बराबरको भन्सार छलेर ल्याएको कपडा बरामद गरेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बेवारिसे अवस्थामा कपडा भन्सार छलेर ल्याएको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । प्रहरीले उक्त बसबाट कुर्ता सुरुवाल ३५५ थान, सल ११५ थान, सल १० सेट, टप्स कुर्ता ५६० थान बरामद गरेको छ । उक्त सामग्रीको बजार मूल्य रु सात लाख २९ हजार रहेको प्रहरीले बताएको छ । बरामद भएको कपडालाई आवश्यक अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग पठाइने प्रहरीले जनाएको छ ।