नेप्सेमा सामान्य सुधार


काठमाडौँ, १० वैशाख: धितोपत्र बजारमा आज शेयरको मूल्यमा झिनो अङ्कको सुधार आएको छ ।

धितोपत्र कारोवार मापक नेप्से परिसूचक ३.७४ विन्दुले बढेर १ हजार २६० विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९ विन्दुले बढेर २७२.२७ विन्दुमा पुगेको छ ।

शेयर कारोबार समयको अन्त्य सम्ममा कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर रु ६१ करोड ४१ लाख ४७ हजार ४११ मूल्यमा कारोवार भएका छन् । कारोवार भएका कूल एघार उपसमूहमध्ये आज पाँच उपसमूहको मात्रै शेयर बढेको छ भने ६ उपसमूहको शेयर भने ओरालो लागेको छ ।

बैंकिङ ६.६६, विकास बैंक ०.५७, वित्त १.४५, निर्जीवन बीमा १६.४१, उत्पादन ४६.०८ विन्दुले बढेको छ । यस्तै व्यापार २.७९, होटल १७.३७, जलविद्युत् ४.११, अन्य २.१३, लघुवित्त ४.९५ र जीवन बीमा २२.२२ विन्दुले घटेको छ ।

छिमेक लघुवित्त विकास बैंकको सबैभन्दा बढी मूल्यमा शेयर कारोवार भएको छ । प्रतिकित्ता र एक हजार २१ मा रु चार करोड ९६ लाख ६६ हजार ५४५ बराबरको कारोवार भयो । नेपाल बैंक लिमिटेडको रु चार करोड २१ लाख ९६ हजार २६३, एनएमबी बैंकको रु दुई करोड ९० लाख ६० हजार २६६, एनआइसिएशिया बैंकको रु दुई करोड ७९ लाख १३ हजार २८०, छिमेक लघुवित्त विकास बैंकको संस्थापक शेयर रु दुई करोड ५३ लाख ८० हजार, नबिल बैंकको संस्थापक शेयर रु एक करोड ९८ लाख ७३ हजार १७२ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले आज ९.८९ प्रतिशतले कमाए । यस्तै श्री इन्भेस्टमेन्ट फाइनान्स ७.१४, राधी विद्युत् कम्पनी ६.५८, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था ४.९१, यूनिलिभर नेपाल लिमिटेडका शेयरधनीले ४.०४ प्रतिशतले कमाएका छन् ।

त्यस्तै घलेम्दी हाइड्रो पावर कम्पनीका शेयरधनीले ४.७९ प्रतिशतले गुमाउँदा अरुण कावेली पावर कम्पनी ४.६७, भागर्व विकास बैंक ४.०९, सिनर्जी पावर डेभलपमेन्ट ३.८८, एनआइबिएल प्रगति फण्डका शेयरधनीले ३.७३ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस  
समृद्ध नेपाल, सुखी नेपाली’ शब्द उच्चारण गर्ने आँट समेत कसैले गर्न सकेनन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल,

राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेपछी एमालेका महासचिव पोखरेलको यस्तो आयो स्टाटस

  बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीको यस्तो आयो स्टाटस

बुधबार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयले स्वीकार गरेको विधेयक प्रमाणिकरण

राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई