हिंसाबाट अधिकार प्राप्त हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौ, १० वैशाख : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिबन्धित नेकपाका प्रमुख नेत्रविक्रम चन्द विप्लव आदिवासी जनजातिको पक्षमा नरहेको बताउनुभएको छ ।
मंगलबार ललितपुरमा आयोजना गरिएको आदिवासी आयोगका मुद्दा, चासो र अधिकार बिषयक छलफलमा प्रचण्डले उक्त कुरा बताउनु भएको हो
उहाले विप्लव समूह संघीयताको पक्षमा नभएको भन्दैअधिकारका लागि अब हतियार उठाउन आवश्यक नभएको बताउनुभयो ।
उहाले अब हिंसाबाट अधिकार प्राप्त हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने धारणा राख्नुभयो । प्रचण्डले मुलुकमा भइरहेका पछिल्ला गतिविधिले परिवर्तनलाई संस्थागत गर्न नदिन प्रयास भइरहेका बताउनुभयो ।
आफू अमेरिका जाँदा भएका गतिविधि र मुलुकमा पूर्वराजादेखि केही राजनीतिक दलहरूले गरिरहेका गतिविधिले नेपालको इतिहासदेखि भइरहेको अस्थिरतालाई सम्झाएको उहाले बताउनुभयो । प्रचण्डले २०६२ मा भएको परिवर्तन गुणात्मक भएको भन्दै यसलाई उल्ट्याउन खोज्नेलाई रोक्ने क्षमता आफूहरुसँग भएको पनि जिकिर गर्नुभयो ।