८३ जनाले अवैध हतियार बुझाए


बैतडी, १० वैशाख: अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमाभित्र हालसम्म यहाँ ८३ हतियार सङ्कलन भएको छ ।

सङ्कलित सबै भरुवा बन्दुक वैध रहेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । सरकारले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको समूलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन गत चैत १ गते ३५ दिने सूचना जारी गरेको थियो । गृह मन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन यही वैशाख ५ गतेसम्मका लागि समयसीमा तोकेको थियो ।

जिल्लामा एक हजार ४३ भरुवा बन्दुक र ५८ बारबोर हतियार लाइसेन्स प्राप्त रहेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा गजेन्द्र चन्दले जानकारी दिनुभयो । लाइसेन्स प्राप्त हतियारमा भरुवा बन्दुक स्थानीय तहमा नवीकरण हुने गर्दछ भने बारबोर जिल्ला प्रशासनबाट नवीकरण गरिन्छ । अवैध राखिएका हातहतियार तोकिएको मितिमा नबुझाए कानूनअनुसार कारवाही गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो । गत फागुन २८ को मन्त्रिपरिषद्को बैठकले विप्लव समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरूपमा संलग्न रहेका व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने गरी गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई