११९ जनाको मृत्यु


रत्ननगर, १० वैशाख : सवारीसाधनको चाप बढेसँगै चितवनमा दुर्घटनामा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७५÷७६ को चैतसम्ममा २३० वटा दुर्घटनामा परी ११९ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा ४५३ जना घाइते भएका छन् । गत आवको सोही अवधिमा ९६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो । चालू आवमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकल दुर्घटना परी ४९ जनाको मृत्यु भएको छ । यस्तै विभिन्न सवारीसाधनको ठक्करबाट ३० पैदलयात्रुको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा बस दुर्घटनामा परी १८ तथा ट्रक, ट्याङ्कर तथा जिप, कार, भ्यान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । मृत्यु भएका ३० पैदलयात्रीमध्ये आठको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।
(रासस)

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई