७ किलो सुन बरामद

१० वैशाख, काठमाडौं : प्रहरीले उत्तरी नाका रसुवागढीबाट लुकाई छिपाई अवैधरूपमा नेपाल भित्र्याएको सात केजी सुन टिमुरेमा मंगलवार वरामद गरेको छ ।
सशस्त्र प्रहरी भन्सार राजश्व गुल्म टिमुरेका गुल्मपति प्रहरी नायव उपरिक्षक जीवन केसीका अनुसार केरूङबाट सामान लिई आएको कन्टेनर डिव्बाबाट अबैधरूपको सातकेजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्तिले वरामद गरिएको हो ।
केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको छन । मंगलबार चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको हो । rss