झण्डै ८५ प्रतिशत नागरिक हिन्दू भएको देशमा धर्मका नाममा जनमत सङ्ग्रहको रटान दिनु गलत :मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, १ १ वैशाख : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुक समृद्धिको बाटोमा लम्किरहेका बेला धर्मका नाममा आन्दोलनको हौवा फिँजाइएको बताउनुभएको छ । जिल्ला समन्वय समितिको जिल्लास्तरीय समीक्षा तथा तेस्रो जिल्लासभा बैठकको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “धर्म नामधारी आन्दोलन नौटङ्की मात्रै हो, इतिहासले किनारा लगाइसकेको तत्व सल्बलाए भने कानूनले ठीक पार्छ ।” उहाँले धर्मको संवेदनशीलतामा टेकेर प्रगतिको बाटो अवरुद्ध पार्ने काम भएको दाबी गर्नुभयो । मन्त्री बाँस्कोटाले परिवर्तन नचाहने शक्तिले मुलुकलाई पुनःअस्थिरतातर्फ लैजाने प्रयास गरेको बताउँदै भन्नुभयो, “उनीहरुको अभिष्ट पूरा हुन सक्दैन, ढुक्क हुनुस् इतिहासले किनारा लगाएको राजतन्त्र कुनै पनि हालतमा फर्कंदैन ।” सरकार वार्ता र संवाद गर्न तयार रहेको तर राज्यको नीति नियम मिचेर हिँड्नेलाई कारवाही गरिने उहाँको भनाइ थियो । मुलुकमा आतङ्क फैलाउनेसँग कुनै पनि वार्ता नहुने उहाँले बताउनुभयो । झण्डै ८५ प्रतिशत नागरिक हिन्दू भएको देशमा धर्मका नाममा जनमत सङ्ग्रहको रटान दिनु गलत भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म र राजनीति फरक पाटा हुन्, राजतन्त्र फर्काउन धर्मको अस्त्र बेठीक छ, नेपालमा धर्मका नाममा कोही पनि सल्बलाउनु आवश्यक छैन ।” उहाँले धर्मका नाममा नौटङ्की नगर्न आग्रह गर्नुभयो । मन्त्री बाँस्काटोले आज पाँचखाल नगरपालिका–१३ कोशीदेखास्थित जनजागृति प्राथमिक विद्यालयको एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा)को समन्वयमा निर्मित भवन उद्घाटन एवं हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ‘कथित दलित’का नाममा टाठाबाठाले शक्तिको पहँुचमा लुटिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दलित भजाएर टाठाबाठाले स्वार्थ लुटिरहेका छन्, मानिस सबै समान हुन्, अब दलित शब्द शब्दकोषबाट हटाउनुपर्छ ।” उहाँले असल र सक्षम नागरिक बनाउन शिक्षाको ठूलो महत्व रहेको बताउँदै छुवाछूत मेटाउन सबै पक्ष लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले आजै मण्डन देउपुर नगरपालिका–१२ ज्याम्दीस्थित वागदेवी माध्यमिक विद्यालयको एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा)को समन्वयमा निर्मित भवनको उद्घाटन गर्नुहुँदै बालबालिकाले सानैदेखि राम्रो शिक्षा प्राप्त गरे ‘सुखी र समृद्ध’ त्यही भेटिने बताउनुभयो ।
(रासस)

प्रतिक्रिया दिनुहोस  
राजेश बज्राचार्यको यस्तो आयो स्टाटस

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अनावश्यक रुपमा नाम मुछिएको भन्दै राजेश बज्राचार्यले आपत्ती जनाउनुभएको छ

आश्चर्यचकित छु : डा. अजयक्रान्ति शाक्य

१० जेठ, काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको

अध्यक्ष ओलीको चुनौतीः ‘नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गरियोस्’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविन गरी

पार्टी विरुद्धमा जारी शृङ्खलाबद्ध कुप्रचार अभियानको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ता, समर्थक र आम नागरिकलाई एमालेको आग्रह

काठमाडौं । नेकपा (एमाले) ले भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति गर्न देशका प्रमुख राजनीतिक पार्टीहरूबीच

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई