धादिङलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टरको भूकम्प, जनमानसमा त्रास

वैशाख ११ काठमाडौं : धादिङको नौबिसेलाई केन्द्रविन्दु बनाएर बुधबार विहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यका र यसको आशपासका जिल्लाहरुमा समेत महसुस भएको छ ।
भूकम्प मापन केन्द्रकाअनुसार विहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको हो ।
२०७२ साल बैशाख १२ गतेको भूकम्पले ठूलो जनधनको क्षति गराएको थियो । त्यसको चार वर्ष पछि ठिक अघिल्लो दिन भूकम्प जाँदा जनमानसमा समेत त्रास पैदा भएको छ ।