ब्रेक्जिट सङ्कटको विषयमा ब्रिटेन सरकार र विपक्षीबीच वार्ता


लण्डन, २१ चैत: युरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सङ्कटका विषयमा सरकार र विपक्षीबीच बिहीबार पुनः वार्ता हुने भएको छ । युरोपेली यूनियन (इयू) बाट बेलायत बाहिरिने विषयमा थप समय माग्ने प्रस्ताव संसदको तल्लो सदनमा भएको मतदानमा पारित भएपछि सो वार्ता हुन लागेको हो । आगामी अप्रिल १२ बाट सम्झौताबिना नै ब्रिटेनको बहिर्गमन रोक्नका लागि सांसदहरूले यस्तो मत दिएका हुन् । विपक्षी र सरकारबीच बिहीबार दिनभरी आकस्मिक छलफलको लागि सबैलाई बोलाइएको छ । ब्रेक्जिटको वैकल्पिक प्रस्तावमा सहमति जुटाउन ब्रिटिस संसद् असफल भएको र ब्रिटिस प्रधानमन्त्रीको प्रस्ताव संसद्द्वारा तेस्रो पल्ट अस्वीकृत भएको थियो । ब्रेक्जिटको सङ्कट अन्त्यको लागि भन्दै बेलायती प्रधानमन्त्री थेरेसा मेले विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग गर्नु भएको भेटवार्तापछि उक्त मतदान भएको थियो । ब्रेक्जिटको विषयमा थाकेका जनतालाई निर्णय चाहिएको मेले बताउनुभएको छ । मतदानअघि कोर्बिनसँग भएको मेको वार्तालाई प्रधानमन्त्री कार्यालयले रचनात्मक भन्दै त्यसमा दुवै पक्षले प्रतिबद्धता र लचकता देखाएको बताएको थियो । ब्रेक्जिटको समयसीमा लम्ब्याउने विषयमा भएको मतदानमा पक्षमा ३१३ र विपक्षमा ३१२ मत परेको थियो । एक मतको अन्तरमा मात्र सो प्रस्ताव तल्लो सदनबाट पारित भएको थियो । अब यो विधेयक माथिल्लो सदनबाट बिहीबार पारित भएपछि अन्तिम अनुमोदन हुनेछ । इयूले यसका लागि स्वीकृति दिन्छ वा दिँदैन भन्ने चासो समेत उत्तिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस  
अमेरिकाको टेक्सासमा ४० जना आप्रवासी मृत फेला

काठमाडौ -अमेरिकाको टेक्सासमा लरी ट्रक भित्र कम्तिमा ४० जना आप्रवासीको शव फेला परेको छ ।

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा

कोलम्बो। राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । यो

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टीका १५५ सांसदद्वारा राजीनामा

  इस्लामावाद : पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान

अमेरिकाले आणविक सम्झौता गरे पनि इरानका गार्डमाथि प्रतिबन्ध कायमै ; राजदूत

दोहा। संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रम सीमित गर्ने सम्झौता भए तापनि इरानको रिभोलुसनरी गार्डहरूमाथि प्रतिबन्ध

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई