हुवावेलाई बेलायत सरकारले दियो ५ जी सेवाको सहमति


लन्डन, ११ बैशाख: – बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिनुभएको छ ।

बेलायती अखबार डेली टेलिग्राफका अनुसार प्रधानमन्त्री मेले मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु र अमेरिकाबाट सुरक्षा खतरा देखाइए पनि त्यसलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले हुवावेको सेवा लिन मन्जुरी दिनुभएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय सुरक्षा परिषदको बैठकले चिनियाँ कम्पनीलाई एन्टेनाजस्ता सहायक पूर्वाधारहरु निर्माण गर्न सीमित अनुमति दिएको टेलिग्राफले जनाएको छ । प्रधानमन्त्रीको प्रस्तावमाथि गृहमन्त्री साजिद जाभिद, विदेशमन्त्री जेरेमी हन्ट, रक्षामन्त्री ग्याभिन विलियम्सन, अन्तर्राष्ट्रिय व्यापारमन्त्री लियाम फक्स र अन्तर्राष्ट्रिय विकासमन्त्री पेन्नी मोर्डन्टले चासो देखाउनुभएको थियो । संयुक्तराज्य अमेरिकाले हुवावेको ५जी प्रविधिलाई अमेरिकामा प्रतिबन्ध लगाएको छ । अमेरिकाले आफ्ना गठबन्धनका मुलुकहरु अस्ट्रेलिया, बेलायत, क्यानाडा र न्यूजील्यान्डलाई पनि हुवावेको दूरसञ्चार सेवा नलिन निरन्तर दबाब दिँदै आएको छ ।

युरोपका अर्थतन्त्र खासगरी ऊर्जा, यातायात, बैंकिङ र स्वास्थ्य सेवाका तथ्याङ्कीय विवरणहरु हुवावेमार्फत तिब्र गतिको इन्टरनेटबाट चीनले लैजाने अमेरिकी भनाई छ । हुवावेले अमेरिकी आरोपको लगातार खण्डन गरिरहेको छ तर अझै विश्वासको वातावरण बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस  
बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार पनि विदा हुने भएको छ । नेपाल राष्ट्र

एमालेका तीन पूर्वअर्थमन्त्रीले गरे सरकारी आर्थिक अराजकताको भण्डाफोर, यस्तो छ १२ बुँदे तथ्य (पूर्णपाठ)

काठमाडौं, चैत २७ गते। पूर्वअर्थमन्त्रीत्रयले आर्थिक स्थायित्व, विकास र सुशासनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको

पेट्रोलियम व्यवसायीहरुद्वारा संस्थागत माग पूरा गर्न सामूहिक दबाब

काठमाडौं । पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले इन्धन आपूर्ति, ढुवानी र वितरणका क्षेत्रमा देखिएका समस्या

बढ्यो सुनको मूल्य

  काठमाडौं, फागुन १६ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई