शनिबार, फाल्गुण ३ ,२०७५
बेरोजगारलाई सय दिनको रोजगार ग्यारेण्टी, दिन नसके भत्ता
छापाबाट     २०७५-१०-२३



काठमाडौं । सरकारले बेरोजगारलाई न्युनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा’ गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले फागुन १ देखि सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ ।

फागुन १ गते रोजगार कार्यक्रमको घोषणा गर्ने गरी युद्द स्तरमा तयारी भईरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनुभयो । प्रत्येक स्थानिय तहमा रहने रोजगारीका सेवा केन्दहरु्रले बेरोजगारको सूची तयार पार्ने र सोही सेवाकेन्द्रबाटै सूचीकृत बेरोजगारलाई परिचयपत्र दिने, उपलब्ध रोजगारीको पहिचान तथा सुचना प्रवाह गर्ने व्यवस्था मिलाइने भएको हो । सरकारले सूचीकृत बेरोजगारीलाई न्यूनतम रोजगारी दिन नसके एक सय दिन बराबरको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ताको रुपमा उपलब्ध गराउनेछ ।नयाँपत्रिकाबाट 

प्रतिक्रिया